• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टद्वारा पदभार ग्रहण


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

    Advertisement

    त्यसअघि उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच प्रदेश प्रमुखको निवासमा स्वागत गरेका थिए ।

    उनलाई मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र आफ्नो कार्यकालमा भएगरेका कामहरुबारे संक्षिप्त जानकारी गराए ।

    स्वागत ग्रहण गर्दै उनले हिजोसम्म आफू अर्कै भूगोलको रहेपनि प्रदेशको अभिभावकको रुपमा नियुक्तिसँगै अब गण्डकी प्रदेश आफ्नो पनि रहेको बताए । उनले यसअघि कुनै पार्टीसँग आबद्ध रहेपनि अब सबैको बनेको बताए ।
    उनले भने, ‘पदअनुकूलको आचरण र व्यवहार गर्न प्रतिबद्ध छु, काम गर्दा सबैबाट सहयोग प्राप्त हुने विश्वासमा छु।’

    देश सङ्घीय संरचनामा गएसँगै गण्डकी प्रदेशमा नियुक्त हुने उनी पाँचौ प्रदेश प्रमुख हुन्। यसअघि बाबुराम कुँवर, अमिक शेरचन, सीताकुमारी पौडेल र पृथ्वीमान गुरुङ प्रदेश प्रमुख भएका थिए ।

    को हुन् प्रदेशका नयाँ प्रमुख भट्ट ?

    गण्डकीका प्रदेश प्रमुखमा सिफारिस डिल्लीराज भट्ट सुदूरपश्चिमकै पुराना वामपन्थी नेताका रूपमा चिनिन्छन् । उनी दुई वर्ष अघि राष्ट्रियसभा निर्वाचनमा एमालेबाट उम्मेदवार पनि थिए । जित्ने अवस्थामा राष्ट्रिय सभाको उम्मेदवारको सूचिमा नअटाएका एमालेका तिनै पुराना नेता भट्ट हार्ने बेला भने पार्टी नेतृत्वको पहिलो रोजाइमा परे । र, उम्मेदवार बनाइए । परिस्थिति प्रतिकुल भए पनि पार्टी निर्णय उनले सहर्ष स्वीकार गरे । अन्ततः पराजित पनि भए ।

    हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका उनै ७६ वर्षीय भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रदेश प्रमुख बनाएर न्याय गरेका छन् । वि.सं. २००४ सालमा डोटीको जोरायल गाउँपालिका रिठामा जन्मिएका भट्ट हाल धनगढी उपमहानगरपालिका बस्दै आएका छन् ।

    २०२६ सालमा पार्टी सम्पर्क पुगेका भट्टले २०२८ सालमा पार्टीको सदस्यता लिए । २०३० देखि ०४६ सालसम्म भूमिगत भएर नेकपा मार्क्सवादीमा सक्रिय रहेका उनी २०४८ सालमा नेकपा एमालेसँग एकीकरण भएपछि डोटी जिल्ला संयोजक भए । एकीकरणपछि गठन भएको नेकपा एमालेको पहिलो जिल्ला संयोजकका रूपमा एक वर्ष काम गरेका भट्ट त्यसपछि भएको निर्वाचनमा जिल्ला कमिटीको उपसचिव भए । त्यही क्रममा २०५१ सालमा सुकुम्वासी समाधान आयोगको डोटी जिल्ला अध्यक्ष भए । पछि उनी पार्टीको जिल्ला सचिवमा निर्वाचित भए ।

    २०५६ सालमा एमालेले भट्टलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो । तर उनी नेपाली काँग्रेसका उम्मेदवार सिद्धराज ओझासँग पराजित भए । उनी निरन्तर पार्टीका लागि खटिइरहे । भट्टले नेकपा एमालेको सेती अञ्चल कमिटी स्कुल विभाग प्रमुखको भूमिका पनि निर्वाह गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएपछि गठन भएको नेकपाका उनी सुदूर पश्चिम अनुशासन आयोग प्रमुख समेत भए ।

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.