चितवन/साहित्य संगम चितवनले वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको जीवनाख्यान साँखेजुङको उकालो पुस्तकको परिचर्चा गरेको छ । नारायणी नमुना माबिको सभाहलमा साहित्य सर्जक र पाठकहरुको बीचमा साहित्यकार भुवनहरि सिग्देलद्वारा लेखिएको पुस्तकका बारेमा चर्चा गरिएको हो ।
कार्यक्रममा बोल्दै साँखेजुङ उकालो पुस्तकका लेखक सिग्देलले आफ्नो पुस्तकभित्र यथार्थ परक मानवीय र पशुपंक्षीको जिवनी पाउन सकिने बताउनुभयो । त्यस्तै उहाँले आफ्नो जीवन कहानी समेत पुस्तकमा उतारेको बताउनुभयो । त्यस्तै चितवनका वरिष्ठ साहित्यकार एवं कवि प्रकाश चापागाईंले साहित्य क्षेत्रको जगेर्ना हुन नसकेको धारणा राख्नुभयो । युवापिढीलाई साहित्य क्षेत्रमा ल्याउन विद्यालयस्तरबाट नै पहल गर्नुपर्ने धारणा राख्नुभयो । बिगत लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाइरहनुभएका भुवनहरि सिग्देलले लेखेको साँखेजुङको उकालो पुस्तकमा पितापुर्खा, पोकेकाँठ, समयको कथा, आसेधारको बाटो, टेढा अन्तराल, जिन्दगी साँखेजुङको उकालो, व्यवहार, अन्तरगत, ओखती, पटाक्षेप, पैसा फल्ने अक्सर र जन्तु जनावर जस्ता विषयक्रम साहित्यकार सिग्देलद्वारा लेखिएको साँखेजुङको उकालो पुस्तकमा पाउन सकिन्छ ।




