रत्ननगर/ नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूकाे अध्यक्षमा पानस तामाङ चयन भएका छन् । भरतपुरमा शनिबार सम्पन्न भेलाले तामाङकाे अध्यक्षतामा २३ सदस्य जिल्ला कमिटी गठन गरेको हाे । सानै उमेरमा राजनीतिमा होमिएका तामाङ पार्टीकाे रत्ननगर वडा नं १२ वडा कमिटी अध्यक्ष समेत हुन। नेतृत्वदायी क्षमता भएका तामाङ सहिद स्मृति क्याम्पसको स्ववियु कोषाध्यक्ष समेत हुन । कमिटीकाे उपाध्यक्षमा आशिष कुमाल र कमल कुमाल, सचिवमा केशव बर्तौला, सह-सचिवमा खुसमाया मगर र प्रसिला पोख्रेल तथा कोषाध्यक्षमा बिमला अधिकारी चयन भएका छन् । अनेरास्ववियू निवर्तमान अध्यक्ष सुजन ढकालको अध्यक्षतामा भएकाे भेलाकाे प्रमुख अतिथि नेकपा एस केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ रहेका थिए । भेलाकाे विशिष्ट अतिथि पार्टी पोलिटब्यूरो सदस्य एवम जिल्ला इन्चार्ज कृष्ण खनाल, पार्टी कार्यवाहक अध्यक्ष कृष्ण राज न्यौपाने, अतिथिमा जिल्ला सचिव नरेन्द्र कान्दङ्वा, भरतपुर महानगर उपाध्यक्ष केशव पोख्रेल,अनेरास्ववियु इन्चार्ज मिलन थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।





