• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपाल बजार विक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन रत्ननगरमा सुरु

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • रत्ननगर/नेपाल बजार विक्री प्रतिनिधि संघको प्रथम राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा सुरु भएको छ । २०५८ सालमा स्थापना भएको सो संघ श्रम मन्त्रालयमा स्वतन्त्र ट्रेड युनियनको रुपमा दर्ता भएपछि चितवनमा प्रथम महाधिवेशन गरिएको हो । महाधिवेशनको प्रतिनिधि सभा सांसद हरि ढकालले उद्घाटन गरेका छन् । दुई दिन सम्म चल्ने सो महाधिवेशनमा देशभरबाट ४०० प्रतिनिधि सहभागी छन् ।

    Advertisement

    महाधिवेशनले संघको नयाँ कार्यसमिति समेत चयन गर्ने छ । संघको अध्यक्षको लागि वर्तमान अध्यक्ष नरेन्द्र विष्ट, बरिष्ठ उपाध्यक्ष पदमप्रसाद भट्टराई र केन्द्रीय सदस्य किरण अधिकारीको नाम चर्चामा रहेको छ । महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्व चयनका लागि सहमती हुन नसके निर्वाचन प्रक्रिया मार्फत नयाँ समिति चयन गरिने छ । निर्वाचन भए अध्यक्षका आकांक्षी तीनै जनाले उम्मेदबारी दिने बुझिएको छ ।

    संघको यस अघि ५१ सदस्यीय कार्यसमिति रहदै आएकोमा प्रथम महाधिवेशनबाट विधान संशोधन गरी ३१ सदस्यीय बनाउने तयारी गरिएको संघका सचिव रमेश नेपालले जानकारी दिए । महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, सात प्रदेश उपाध्यक्ष, महासचिव र उपमहासचिव सहित १६ जना सदस्य निर्वाचित हुनेछन् । ४ जना सदस्य समितिको पहिलो बैठकले मनोनित गर्नेछ ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद ढकालले संघलाई राजनीतिसंग जोडेर अछुतो नबनाउन आग्रह गरेका छन् । राजनीतिसंग जोडिएका ट्रेड युनियनहरुले श्रमिकको हितमा काम गर्न नसकेको भन्दै उनले राजनीतिलाई भन्दा व्यवसायिक सुरक्षामा ध्यान दिन आग्रह गरे । अर्को प्रसंगमा उनले प्रचण्ड सरकारलाई उसको कार्यसम्पादकका आधारमा समर्थन गर्ने बताए । बर्तमान राजनीति यथास्थितिमा रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टी सरकारमा रहेपनि गुण र दोषका आधारमा खबरदारी गर्ने बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष ऋषि अधिकारीले ट्रेड युनियनमा गएपछि कार्यसम्पादनलाई प्रभावकारी बनाउदै श्रमिकको पेशागत सुरक्षा र सेवा सुविधाको मुद्दालाई प्रमुख बनाएर काम गर्नुपर्ने बताए ।

    संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतमले श्रमिकको अधिकार स्थापित गर्न अबको कार्यदिशा तय गर्नुपर्ने भन्दै श्रम ऐनले तोकेको सेवा सुविधा श्रमिकले पाउने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रमेश नेपालले संघको संस्थागत संरचना र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, पूर्वी चितवन मदिरा व्यवसायी संघका अध्यक्ष मनिष अधिकारी नेपाल बजार विक्री प्रतिनिधि संघका महासचिव पदमप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए । संघका महासचिव कुमार तिमिल्सिनाले सञ्चालन गरेको सो कार्यक्रममा संघ अन्तर्गतको नारायणी क्षेत्रीय समितिका अध्यक्ष छन्दराज अर्यालले स्वागत मन्तव्य राखेका थिए ।

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.