कालिका/बि.एम.हस्तकला प्रशिक्षण उद्योगको आयोजना, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रको आर्थिक सहयोग र कालिका महिला उद्यमी मञ्च, जिल्ला हस्तकला संघ र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालको सहकार्यमा ११४ औं नारी दिवसको अवसर पारेर महिलाहरुलाई एकदिने कानुनी शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बि.एम.हस्तकला प्रशिक्षण उद्योगकी अध्यक्ष बुद्धिमाया घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् पूर्व श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल प्रमुख अतिथि रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा कालिका नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष वीरेन्द्र तामाङ्ग, राष्ट्रिय प्राकृतिक संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका रचना शाह विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा सयौंको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो ।






