• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नयाँ गठबन्धन : सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ ।  तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्कोलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने टिप्पणी गर्नुभएको छ । जनताका जल्दाबल्दा समस्याको सम्बोधन, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनालाई आत्मसात्् गरी वैचारिक र कार्यक्रमिक सहयात्राका लागि गृहकार्य गरिएमा ऊर्जायुक्त गठनबन्धन सावित हुने उहाँहरूको भनाइ छ । ती लक्ष्यमा नभई केवल पदीय भागबण्डाको स्वार्थमा ध्यान दिइए जनतामा पुनः निराशा पैदा गर्न सक्ने भएकाले संविधानको प्रस्तावनामा रहेको समाजवदोन्मुख कार्यदिशाका लागि गृहकार्य गरी दिगो र प्रभावकारीरूपमा अघि बढ्न उहाँहरूको सुझाव छ ।

    Advertisement

    यही फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन गरी तीन नयाँ मन्त्रीसहितको सरकारका गठन भएको हो । ती दलले सरकार विस्तार तथा साझा न्यूनतम कार्यक्रमका लागि आपसी गृहकार्य र अन्य दलसँग पनि संवाद अगाडि बढाएका छन् ।
    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको विभाजनसँगै गत निर्वाचनमा गठबन्धन गरेको कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलहरूको सहयात्रा निर्वाचनपछि टुटेको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्रका आधारमा २०७९ पुस १० गते एमाले, रास्वपा सहितका समर्थनमा दाहाल प्रधामन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा कांग्रेस पुनः सरकारमा र एमाले सत्ताबाहिर हुन पुगेपछि निर्वाचनका समयकै गठबन्धन लामो समय जाने अनुमान गरिएको थियो । राजनीतिक उतारचढावका बीच यही फागुन २१ गते ‘पुस १०’ को घटनाक्रम दोहोरिएर एमाले, माओवादी केन्द्रको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेको छ । आन्तरिक र बाह्य कारण जे भए पनि यो घटना एकाएकजस्तै विकसित भएको छ । यो घटनाले २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेल गरी विजय हासिल गरी करिब दुईतिहाइको समर्थनमा सरकार बनाउन समर्थ हुँदाको समये झैँ स्मरण ती दलका कार्यकर्तामा हुन पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टीको सम्मिलनमा भएको गठबन्धनलाई ‘सजातीय’ गठबन्धनको पनि सङ्ज्ञा दिइएको छ ।
    अध्यक्ष ओली र दाहालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नाममा एकै पार्टी भएर सरकार र पार्टी चलाउँदाका आन्तरिक विवाद मिलाउन नसक्दा दुईपटक संसद् विघटन ९२०७७ पुस ५ र २०७८ जेठ ८० सम्मको घटना हुनु, अध्यक्ष ओली तथा अध्यक्ष दाहाल, नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच बेमेल बढ्नुले पार्टी विभाजन भएको बताइएको छ । विगतमा पनि एकता–विभाजन–एकताको अनुभव बोकेका कम्युनिष्ट पार्टीहरू ती गल्तीबाट माथि उठेर अब पुनः नयाँ शिराबाट सहयात्रामा अग्रसर भएका हुन्–होइनन् रु अहिले नै ठोकुवा गर्ने आधार त छैन र तर नेताहरूले चाहेमा त्यो असम्भव नदेखिएको टिप्पणी गरिएको छ । नयाँ गठबन्धन भएकै दिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले वामपन्थी दलहरूबीच पुनः सहायात्रा र एकताको लक्ष्यसहित आफूहरू अघि बढेको सार्वजनिक अभिव्यक्ति दिनुबाट लामो यात्राकै सङ्केत बुझ्न सकिन्छ ।

    वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले सिद्धान्त, विचार र कार्यक्रमका आधारमा सहयात्रा गर्न कार्यदलस्तरमा तयारी गरेर लिखित दस्तावेजका साथ आएमा यो गठबन्धन दिगो बन्ने जनाउँदै कांग्रेस र माओवादी केन्द्रको तुलनामा एमाले र माओवादी केन्द्रको सहयात्रा सहज हुने बताउनुभयो । “तर फागुन २१ गतेको चार दलका शीर्षनेताहरूको सहमतिपत्रमा रुपान्तरणकारी कार्यक्रम देखिएको छैन । सैद्धान्तिक र वैचारिकरूपमा सवल र एकीकृत भएर देश र जनताका समस्या सम्बोधन गर्ने हो भने त्यस लयमा जानुपर्छ । नत्र केवल मन्त्रालयको भागबण्डामा सीमित भएको देखिन्छ र भागबण्डा नमिल्दा गठबन्धन टुट्न पनि सक्छ”, रासससँग कुरा गर्दै नागरिक अभियन्ता श्रेष्ठले भन्नुभयो, “टाउको विचार नमिलाई टुपीमात्रै बाँधेर लामो सहयात्रा हुँदैन । शरीर सङ्गठन र खुट्टा हिँड्ने बाटो पनि मिलाउनुपर्छ । त्यसो भएमा यसलाई सानातिना हुरीले ढाल्न सक्दैन ।”
    नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले विकसित राजनीतिक घटनाक्रम ‘पुस १०’ कै निरन्तरताअन्तर्गत विकसित भएकाले यसले वाम, लोकतान्त्रिक र रुपान्तरणकारी शक्तिलाई सहयात्रामा ल्याएको टिप्पणी गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा देवकोटाले राष्ट्रियता, विकास र समृद्धिका आधारमा यो गठबन्धन आवश्यक भएकाले यसप्रति सकारात्मक हुन सकिने बताउनुभयो ।
    वाम विश्लेषक एवं स्तम्भकार झलक सुवेदीले प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीले विगतका ‘इगो’लाई भुलेर नयाँ गठबन्धन टिकाउन सकेमा यसले सकारात्मक ‘भाइब्स्’ निर्माण गर्ने बताउनुभयो । “आगामी २०८४ सालमा हुने निर्वाचनमा वाम गठबन्धन या पार्टी एकताका माध्यमबाट जान सकिने गरी लागेमा यो गठबन्धनको लाभ एमाले–माओवादी केन्द्र दुवैले लिन सक्छन् । देश र जनताका लागि पनि सकारात्मक नै हुनेछ”, उहाँको भनाइ छ ।
    प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षनेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मङ्गलबार साँझ भेटवार्ता गरी सरकारमा सामेल हुन आग्रह गर्नुले वामपन्थी दलहरूबीच टुटेको लय फेरि मिलाउन भने खोजेको देखिएको छ ।  रासस

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.