• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

ढिकीमा धान कुट्ने चलन हराउँदै

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • कञ्चनपुर/धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् । पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे ।

    Advertisement

    हाल ती ढिकीहरू हराउँदै गएका छन् । अर्को तर्फ ग्रामीण क्षेत्रमा ढिकी राख्ने कार्य नै छाडिएका छन् भने थारू समुदायका केहीका घरमा अझै ढिकी भए पनि धान कुट्नका लागि मिलमा पुग्ने गर्दछन् । एक दशकअघिदेखि ढिकी कुट्ने चलन विस्तारै हराउँदै जान थालेको शुक्लाफाँटा नगरपालिका–२ का हेमराज पाण्डेयले बताउनुभयो ।

    “धानमिलमा कुटिएको चामलभन्दा ढिकीमा कुटिएको धानको चामल निकै मिठो र पौष्टिक हुने गरेको थियो”, उहाँले भन्नुभयो, “ढिकीमा धान कुट्दा निकै समय लाग्ने र श्रम गर्नुपर्ने अवस्था थियो, अहिले सहजै एकछिमै मिलमा धान कुट्ने कार्य हुने भएकाले ढिकी राख्ने चलन हटेको छ ।”

    कृष्णपुर नगरपालिका–२ वाणिकी वसन्ती राना बिहानीको कुखुराको डाँकमै ब्यूँझेर धान कुट्ने पुराना दिनको स्मरण गर्नुहुन्छ । “बिहानै ब्यूँझेर धान कुट्थ्यौँ”, उहाँले भन्नुभयो, “धान कुटेर आएका चामल माटोको भकारीमा राख्ने गरिन्थ्यो, ती चामलबाट बनाइएको भात निकै मिठो हुन्थ्यो, अहिले मिलमा कुटेका चामल देख्नमा चम्किला हुने भए पनि त्यति स्वादिलो हुने गरेको छैन ।” महिलाहरूलाई त्यसबेला ढिकी कुट्न निकै परिश्रम गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । दिनभरि घरको काम, राति पूरै निद्रा नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको पवित्रा चौधरीले बताउनुभयो ।

    “ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो”, उहाँले भन्नुभयो, “दसैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनुपर्दथ्यो, त्यसबेला थोरै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो, त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”

    “चाडपर्व, विवाहलगायतका धार्मिक तथा अन्य अनुष्ठानमा सहभागी हुनेहरूका लागि भने चार–पाँच दिनदेखि नै ढिकीमा धान कुट्नुपर्ने बाध्यता नै हुन्थ्यो”, गीता चौधरीले भन्नुभयो, “हाल पहिलेको तुलनामा महिलालाई घरायसी कार्य गर्न आधुनिक विद्युतीय मिलले सहज बनाइदिएको छ, पुर्खौँदेखि प्रयोग हँुदै आएका ढिकी, कोल्हु, जाँतो ९चकिया०लगायत हराउँदै गएकामा चिन्तित पनि छु ।”

    पहिचान झल्काउने पुराना वस्तुलाई पछिको पिँढीलाई चिनाउनकै लागि पनि जगेर्ना गरेर राख्नुपर्ने उहाँको भनाइ छ । ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको दानसिंह दहितले बताउनुभयो । बलियो काठ सान्नानलगायतबाट ढिकी तयार गरिन्थ्यो । रासस

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.