भरतपुर/रत्ननगर नगरपालिका सौराहा स्थित होटल हिमालयन इनमा आज एक दिने कार्ययोजना गोष्ठी चितवन अटोमावाईल्स डिलर्स एशोसिएसनको आयोजनामा सम्पन्न भएको छ । अटोमोवाईल्स डिलर्स एशोसिएशनले आगामी २ वर्षे कार्यकालमा गरिने कार्यक्रमहरुलाई लिपिवद्ध गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले कार्ययोजना तर्जुमा गोष्ठिको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै अटोमोवाईल्स डिलर्स एशोसिएशनका अध्यक्ष राजन पियाले कार्ययोजनाले अवको दुई वर्षमा अटोमोवाईल्स डिलर्स एशोसिएशनलाई काहाँ पु¥याउने र के के कार्य गर्ने भनेर कार्यक्रमहरु तय गर्ने उद्देश्यले कार्ययोजना गोष्ठी आयोजना गरेको बताउनुभएको थियो । उहाँले सवारी साधनको प्रयोग मानविय दैनिक जिवनमा अति अवश्यकताको वस्तुको रुपमा विकास हुदै गएको र दुर्घटना पनी बढ्दै गएकोले सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रमहरु पनी हामी व्यवसायीले गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा अटोमोवाईल्स डिलर्स एशोसिएशनका संस्थापक अध्यक्ष ईश्वर कुमार श्रेष्ठले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउदै उहाँले संस्थाले छोटो अवधीमा सम्पन्न गर्ने कार्य र लामो अवधी लगाएर गरीने कार्य भनी सट ट्रम र लङ ट्रम योजना बनाएर संस्थालाई अगाडी बढाउनु पर्ने बताउनुभएको थियो ।
कार्ययोजना तर्जुमा गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा स्रोत व्यक्ती के.सीले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूर्ति गर्न सकिने बताउनु भयो । कार्ययोजना गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहयोग गनुभएको थियो ।
चितवन अटोमोवाईल्स डिलर्स एशोसिएशनका पदाधिारी कार्यसमिति र संघ सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम चितवन अटोमोवाइल्स डिलर्स एशोसिएशनको आयोजना एवम उद्योग वाणिज्य संघ चितवनको सहयोगमा सम्पन्न भएको हो ।
चितवन अटोमोवाईल्स डिलर्स एशोसिएशनको कार्ययोजना गोष्ठी सम्पन्न
चितवन अटोमोवाईल्स डिलर्स एशोसिएशनको कार्ययोजना गोष्ठी सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




