जुगेडी/इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहका कार्यवहाक अध्यक्ष टिकाराम पौडेलको अध्यक्षताम सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २९ का वडाअध्यक्ष सूर्य बहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।
अध्यक्षमा टेकबहादुर गुरुङ, उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा सपना श्रेष्ठ, सह–सचिवमा लिलाबहादुर गुरुङ, कोषाध्यक्षमा केशव बहादुर थापा, सदस्यहरुमा चन्द्रमान गुरुङ, हरिमाया अधिकारी, देवकुमारी मगर, आस बहादुर गुरुङ, विमाया लामा, सरोज गुरुङ, रसमाया दमै रहेका छन् ।
Advertisement





