युवा उपन्यासकार कवि एवं गीतकार हरि बस्ताकोटी ले “सुन्कै थाली” आजैमात्र सार्बजनिक गरेका छन । बहु प्रतीक्षित उनको यो गीत उनका कालजयी गीतहरूको संग्रह “तस्बिर” एल्बमा समाबेस छ । सुगम संगीतको मूलधारमा निरन्तर कलम चलाईरहेका गीतकार बस्ताकोटी उच्च कोटीका स्तरीय गीत लेख्ने गीतकार मानिन्छन । उनका “तिमीलाई पाउन मन्दिर धाएँ” “आंखामा कुनै सपना छैन”, “अमृत भनी बिष पिलायौ”, “पसिनाले भिजेको छ उसको वर्दी टोपी” “सुन्कै थाली” लगाएत एक दर्जन भिडियो सार्बजनिक छन । त्यसो त उनी नेपालका एक प्रखर कवि एवं उपन्यासकार पनि हुन । बुलिंटारले जन्माएको यि राष्ट्रीय प्रतिभाले बिगत २० बर्षदेखि निरन्तर कलम चलाउंदै सुगम संगीत अनि नेपाली भाषा र समकालीन साहित्यलाई आफ्ना शक्तिशाली प्रेमिल शब्द मार्फत उर्बर बनाएका छन ।उनको यो संघर्षमयी लेखन यात्रा निरन्तर रहोस हाम्रो हजार शुभकामना !!
गीतकार हरि बस्ताकोटी को “सुन्कै थाली” सार्बजनिक
गीतकार हरि बस्ताकोटी को “सुन्कै थाली” सार्बजनिक
तपाईको प्रतिक्रिया




