• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्थापना दिवसमा प्रेस चौतारी चितवनले बाँड्यो विद्यार्थीलाई झोलासहितको शैक्षिक सामाग्री


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी चितवनले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामाग्री वितरण गरेको छ । प्रेस चौतारी चितवनले भरतपुर महानगरपालिका वडा नं. २८ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय अन्द्रौलीका ७७ जना बालबालिकाहरुलाई किताव कापी बोक्ने झोला, कापी, पेन्सिल, इरेजर, कटर, हात धुने सावुन, डेन्टल किट्सहरु वितरण गरेको हो । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार महानगरको केन्द्रबाट टाढा रहेको विपन्न र गरीव समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको छनौट गरी उनीहरुलाई शैक्षिक सामाग्रीका साथैं स्वास्थ्य सम्वन्धी चेतना जगाउने कार्यक्रमसमेत गरिएको थियो ।

    Advertisement

    भरतपुरमा रहेको नेशनल सिटी अस्पतालका स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाई, ओरल हेल्थ लगायतका विषयमा प्रस्तुतीकरणसहित सचेतना शिक्षा दिएका थिए । सिटी अस्पतालका कार्यकारी निर्देशक विकम अधिकारीले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा यस्ता कार्यक्रम गरिनु अति आवश्यक रहेकोले चौतारीको स्थापना दिवसका दिनमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । यस्तै, भरतपुरमा रहेको पपुलर यूनिसेक्स सैंलुनका सञ्चालक सुलभ सिग्देलसहितको टोलीले विद्यालयमा पढ्ने छात्रहरुलाई कपाल काटेका थिए । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस चौतारीले स्थापना दिवसका अवसरमा विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सम्झेर शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा खुसी लागेको बताए । सिमान्तकृत समुदाय, दलित तथा विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयको छनौट गरी भरतपुरको केन्द्रदेखि पर आएर सहयोग गर्ने चौतारीको प्रयास सराहनीय रहेको उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै एमाले प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले पत्रकारिता भन्दा फरक क्षेत्रमा फरक सोचका भविष्यका कर्णधार बालबालिकाहरुको शिक्षामा केही टेवा पुगोस् भन्ने उद्देश्यका साथ चौतारीले गरेको सहयोग सन्देशका हिसावले निकै महत्वपूर्ण रहेको बताए ।

    राज्यले विद्यालय तहको शिक्षाका निशुल्क भने पनि ब्यवहारत यस्तो हुन नसकेको भन्दैं प्रचार विभाग प्रमुख ढुंगानाले सरकारी विद्यालयहरुको गुणस्तर सुधारमा समुदाय लाग्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले मुलुकमा व्यावसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताए । उनले चौतारी चितवनले देशकै पहिलो भवन भरतपुरमा बनाउँदै गरेकोमा खुसी ब्यक्त गर्दै सबैको साथ र सहयोग आवश्यक भएको बताए । उनले महासंघका पछिल्लो तीन बर्षे कार्यकालमा प्रेस चौतारी चितवन लगायतका संघसंगठनहरुले सहयोग गरेकोमा आफू खुसी रहेको बताए । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारको काम समाचार लेख्ने भए पनि फरक ढंगको काममा प्रेस चौतारीले सधैं उभ्याउँदै आएको बताउँदै तीजमा देवघाटको सरकारी आश्रमका वृद्धवृद्धालाई दर खुवाउनेदेखि विद्यालय पढ्ने बालबालिकाहरुको शैक्षिक सामाग्री वितरणसम्म गर्ने कार्यमा जुटेको बताए । उनले चौतारीका विभिन्न अभियानमा सहयोग गर्ने, सक्रिय सहभागीता जनाउने सबैलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत र सचिव ध्रुवराज खनालले सञ्चालन गरेका थिए । प्रेस चौतारी चितवनले गत बर्ष स्थापना दिवसका अवसरमा पत्रकारहरुको वृहत स्वास्थ्य परीक्षण गराएको थियो ।

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.