कुरिनटार/ चितवनको इच्छाकामनामा न्यायमा पहुँचको लागि समुदायमा अदालत कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार चितवन जिल्ला अदालतको आयोजनामा कुरिनटारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सबै नागरिकलाई अदालतको प्रक्रिया र न्यायिक समितिको अधिकार र काम कर्तव्य बारे जानकारी गराउन उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला अदालत चितवनका न्यायधिश रमेशप्रसाद ज्ञवालीले बताउनुभयो ।उहाँले जनचेतनाका लागि यो कार्यक्रम गरिएको बताउनुभयो।गाउँपालिकाको माथिल्लो विकट भेगमै पुगेर कार्यक्रम गर्ने योजना रहेको पनि बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुबाट आएको प्रश्न तथा जिज्ञासाको न्यायधिशहरु रमेश प्रसाद ज्ञवाली, दिवाकर भट्टराई, न्ययधिवक्ता शान्तिराज पौडेल, तथा न्यायिक समितका संयोजक रहनुएका गाउँपालिका उपाध्यक्ष माया सिलवालले जवाफ दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुले न्यायधिशहरु सामु आफुहरुको जिज्ञासा राख्न पाउँदा र जान्ने बुझ्ने मौका पाएकाले यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताएका थिए ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्ष खगराज कडेँलले सीमान्तकृत समुदाय, आर्थिक र मानसिक रुपमा कमजोर भएकाहरुलाई चितवन शाखाले निशुल्क सेवा दिदैँ आएको बताउनुभयो । कमजोर अवस्थाका कारण कानूनी प्रक्रियामा जान नसकेका पीडितलाई निशुल्क सेवा उपलब्ध गराउदैँ आएकाले त्यस्तो अवस्थाका नागरिकलाई बार चितवनको कार्यालयमा सम्पर्क गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा न्याधिश डा. दिवाकर भट्टराईले न्यायिक समिती र अदालतको कामकारबाही र प्रक्रियाबारे सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस कार्यक्रम इच्छाकामना गाउँपालिकामा आयोजना गरेकोमा जिल्ला अदालत चितवनलाई धन्यावाद दिनुभयो । उहाँले अझै पनि नागरिकहरुले अदालतमा जानुपर्ने मुद्धाहरु पनि गाउँपालिकाले नै समाधान गर्छ भन्ने धारणा रहेको बताउनुभयो । यस कार्यक्रमबाट गाउँपालिकाको न्यायिक समितिबाट सामाधान गर्न सकिने र अदालत जानुपर्ने मुद्धाका विषयमा यहाँका नागरिकहरुले जान्ने अवसर पाएको बताउनुभयो । कार्यक्रममा न्यायिक समिति ,जनप्रतिनिधि,कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि सञ्चारकर्मी लगायतको सहभागिता रहेका थिए । जिल्ला अदालत चितवनका न्यायधिश रमेशप्रसाद ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
इच्छाकामनामा न्यायमा पहुँचको लागि समुदायमा अदालत कार्यक्रम सम्पन्न
इच्छाकामनामा न्यायमा पहुँचको लागि समुदायमा अदालत कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




