• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

साउथवेस्ट्रन स्टेट कलेज आयोजनामा १२ औँ संस्करणको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट–२०२४ सुरु


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काठमाडौं / साउथवेस्ट्रन स्टेट कलेज बसुन्धाराको आयोजनामा १२ औँ संस्करणको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट–२०२४ आजबाट सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त प्रदर्शनी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन सत्र कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले सञ्चालन गरेका थिए । सञ्चालनकै क्रममा उनले कलेजले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने ‘क्यूएए’ प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले साउथवेस्ट्रनकलेजले आयोजना गरेको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट कार्यक्रमको सफलताको शुभकामना दिए । उनले साउथवेस्ट्रन स्टेट कलेज टोखा नगरपालिकाकै पहिचान भएकोसमेत बताए । नगरभित्रको शैक्षिक गतिविधि सञ्चालनमा साउथवेस्ट्रन कलेज जस्तो गतिलो सारथी पाएकोमा उनले खुसीसमेत व्यक्त गरे । ‘कोही पनि नगरबासी आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो प्रतिवद्धतालाई साकार पार्न साउथवेस्ट्रनले साथ दिँदै आएको छ,’ उनी भन्दै थिए, ‘आगामी दिनमा पनि कलेजसँग नगरपालिकाले यस्तै साथ र सहयोगको अपेक्षा गर्दछ ।’ साउथवेस्ट्रनले हरेक वर्ष गर्दै आएको विज्ञान प्रदर्शनीलाई आफूले निरन्तर सात वर्षसम्म अवलोकन गर्दै आएकोसमेत बताए । ‘मैले साउथवेस्ट्रन आएको बेलामा यहाँका विद्यार्थीहरुसँग शैक्षिक क्रियाकलापका बारेमा प्रतिक्रिया पनि लिने गरेको छु,’ उनले भने, ‘विद्यार्थीले प्रफुल्लित मुद्रामा दिएको प्रतिक्रियाले मलाई गर्व महसुुस गराएको छ ।’ सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले जानकारी दिए अनुसार विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आयाम ल्याउने र विद्यार्थीको क्षमता अभिवृद्धि गर्न हौसला प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा काठमाडौं उपत्यका भित्रका स्कुल, कलेज, बैंक, अनुसन्धान संस्थालगायत विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका छन् भने ६० वटाभन्दा बढी स्टल राखिएको छ । जसमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएको विज्ञान र प्रविधिसम्बन्धि सामग्री प्रदर्शनमा राखिएका छन् । जसमा जनरल अप्रेशनल बोट फर इमर्जेन्सी रेस्क्यू,पोइजन मसरुम डिटेक्सन, बायो डिजेल, ब्लाइण्ड गाइडर, फायर एक्सटिङ्गिजर रोबोर्ट, भोटिङ एप लगायतका सामग्रीहरु प्रदर्शनीका आकर्षण हुन् । औपचारिक कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिलाई कलेजकी इन्टननेशनल रिलेसन कोअर्डिनेटर साथै कार्यक्रमको संयोजक सरिता शाक्य प्रधानले स्वागत गर्दै यो प्रदर्शनीमा उपत्यकाका झण्डै २५ हजार विद्यार्थी तथा शिक्षकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको बताइन् । प्रदर्शनीका अवसरमा चिरायु इन्टरनेशनल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्तिपुर जनरल अस्पतालसँगको सहकार्यमा निःशुल्क दन्त तथा आँखा परीक्षण, साउवेस्ट्रन भूतपूर्व विद्यार्थी समाज र हेड्स नेपाल बागमती प्रदेशको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम समेत भइरहेको छ । कलेजकै रोबोटिक क्लबसँगको सहकार्यमा रोबोटिक प्रतियोगिता र नेपाल एस्ट्रोनोमिकल सोसाइटी र कलेजको एस्ट्रोनोमी एण्ड एस्ट्रो फिजिक्स क्लबको सहकार्यमा सोलार अवलोकन कार्यक्रम र विज्ञान परियोजना प्रस्तुतिकरण लगायतका कार्यक्रम रहेको कलेजले जनाएको छ । कार्यक्रममा बोल्दै टोखा प्याब्सनका अध्यक्ष टङ्ककुमार चापागाईंले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे । उनले साउथवेस्ट्रनले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीलाई विगतका वर्षहरुदेखि नै अवलोकन गर्दै आएको बताए । ‘अबको पुस्ता विज्ञान र प्रविधिबिना बाँच्न सक्दैन,’ उनले भने, ‘साउथवेस्ट्रनले आफ्नो विज्ञान प्रदर्शनीलाई १२ औँ संस्करणसम्म जीवन्त राखेको छ । यसका लागि शुभकामना दिन चाहन्छु ।’ टोखा प्याब्सनले पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विभिन्न विषयगत सेमिनारहरुको आयोजना गर्दै आएको उनले बताए । ‘हाम्रा विद्यार्थी पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल छ भन्ने प्रमाण यही हो,’ उनले भने । कार्यक्रममा मनतव्य राख्दै हिसानका केन्द्रीय सचिव राजेन्द्र अधिकारीले अबको शिक्षालाई विज्ञान र प्रविधिसँग नजोड्ने हो भने आधुनिक शिक्षाको परिकल्पना गर्न नसकिने बताए । कार्यक्रमका विशेष अतिथि एवम् टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाले साउथवेस्ट्रन कलेजले टोखा नगरपालिकाको शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको बताए । टोखामा सामुदायिक र संस्थागत गरी ९२ वटा स्कुल रहेपनि यस्ता प्रदर्शनीमा सामुदायिक विद्यालयहरुको कम सहभागिता हुनु दुःखद रहेकोसमेत बताए । साउथवेस्ट्रन ग्रुपका अध्यक्ष एवम् साउथवेस्ट्रन स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले सुरुवातका दिनदेखि नै आफूहरुले प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको बताए । यो कार्यक्रमले एक सयभन्दा बढी स्कुल र कलेजका शिक्षक र विद्यार्थीबीचमा नेटवर्किङ गर्ने अवसरसमेत प्रदान गरेको उनको भनाई थियो । ‘यो कार्यक्रम एक सयभन्दा बढी स्कुल कलेजका विद्यार्थी र शिक्षकका बीचमा नेटवर्किङ गर्ने थलो बनेको छ,’ उनले भने, ‘यसको फाइदा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुले लिनुहुनेछ भन्ने मेरो विश्वास छ ।’ कार्यक्रमका सभापति एवम् कलेज सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर बासुदेव विष्टले यस्ता प्रदर्शनीले विद्यार्थीमा उत्सुकता उजागर गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तता दिने प्रतिवद्धता व्यक्त गर्दै उनले कार्यक्रममा उपस्थितहरुप्रति आभारसमेत व्यक्त गरे ।

    Advertisement

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.