भरतपुर/काँडाघारी टोल विकास समिति भरतपुर–९ मा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको आयोजनामा शनिबार सामूहिक भागवत पाठ (एकाह) तथा पितृ उद्धार गर्ने उद्देश्यले होमन एवम् लक्ष्यबत्ती प्रज्वलन कार्य सम्पन्न भएको छ ।
पितृ उद्धारलगायतका धार्मिक अनुष्ठानपूर्व आयोजित औपचारिक कार्यक्रम सेवा केन्द्रका संयोजक सूर्यप्रसाद खनालको अध्यक्षता एवम् भरतपुर–९ का वडा अध्यक्ष यमलाल कँडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सेवा केन्द्रका सचिव बालकृष्ण पौडेलले सञ्चालन गरेको कार्यक्रममा काँडाघारी टोलका पूर्वअध्यक्ष गोविन्दप्रसाद पौडेलले स्वागत गरेका थिए । टोल विकास समितिका अध्यक्ष फडिन्द्र भट्टराई, वडा मेलमिलाप समिति भरतपुर–९ संयोजक लीलावल्लभ भूषाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रमलाई काँडाघारी टोल विकास संस्था र संस्कृति आमा समूहले सहयोग गरेका थिए ।





