प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज त्रिवि मैदान कीर्तिपुरमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । त्यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश खेल्दैछन् । दुवै खेल सवा नौ बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब ७ खेलमा सबै खेल जितेर १४ अङ्कसहित शीर्ष स्थानमा छ । पुलिस फाइनलमा पुगिसकेको छ । त्यस्तै, त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ जितकासाथ १२ अङ्कसहित दोस्रो स्थानमा छ । नौ खेलमा समान १२ अङ्क रहेका बाग्मती र मधेश क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
Advertisement




