नारायणगढ/लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ (आर) नेपाल, कष्टर नं. ४को आयोजनामा २४ वटा लायन्स क्लव र ६ वटा लियो क्लवको संयुक्त रुपमा वृहत रक्तदान कार्यक्रम नारायणगढको शहीदचोकमा सम्पन्न भयो । रक्तदान कार्यक्रममा १२० प्वाइन्ट रगत संकलन गरिएको थियो ।
लायन्स क्लव क्लष्टर नं. ४ की क्लष्टर चिफ लायन विनिता नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लवका फष्ट भाइस डिष्ट्रिक गभर्नर लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज सापकोटा, पिडिजि लायन रामप्रसाद भट्ट, पिडिजि लायन राजकुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष लायन अन्जु पिया संयोजक रहनुभएको रक्तदान कार्यक्रममा लायन्स क्लव अफ नारायणी क्रियटिभकी लायन सरिता श्रेष्ठ सह–संयोजक रहनुभएको थियो । कार्यक्रमलाई क्लष्टर सचिव तथा जोन चेयर पर्सन लायन कृपाराज राजभण्डारीले सञ्चालन गर्नुभएको थियो ।





