चितवन/भरतपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले आउँदो माघ २५ गतेदेखि फाल्गुन २ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । शनिबार बिद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर स्वर्ण महोत्सव र भौतिक संरचनाको बारेमा जानकारी गराएको छ । जनघनत्वका हिसाबले समेत बाक्लो बस्ती रहेको सो क्षेत्रमा अन्यत्र समेत विद्यालय रहेको हुँदा बिद्यार्थीको संख्या कम हुँदै गएको बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद न्यौपानेले बताउनुभयो ।
शिशुकल्याणदेखि कक्षा १० सम्म पढाई हुने सो बिद्यालयमा अहिलेसम्म ४ सय ६५ जना बिद्यार्थी अध्ययनरत छन् । बि.स. २०२३ साल फाल्गुन २ गते स्थापना हुँदै आएको विद्यालय भौतिक संरचनाका रूपमा सुसम्पन्न भएपनि अहिलेको वर्तमान परिस्थितिका कारण ह्रास आएको हो । त्यस्तै विद्यालयले एक महिनासम्म मनाउन लागेको स्वर्ण महोत्सवमा माघ ६ गते आज पत्रकार भेटघाट कार्यक्रम र आर्थिक सहयोग स्व घोषणा कार्यक्रम, माघ २४ गते मोटरसाइकल र्याली र प्रचारप्रसार, माघ २५ गते शोभा यात्रा तथा सम्मान, फाल्गुन १ गते विद्यार्थीको प्रतिभा प्रस्फुटन र विभिन्न समुदायको पहिचान सहितको कार्यक्रम र फाल्गुन २ गते स्वर्ण महोत्सवको समापन, बृहत सांस्कृतिक सहितको झाकी कार्यक्रम जस्ता विभिन्न बिधाका कार्यक्रमहरु राखिएको बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद न्यौपानेको भनाइ छ ।




