काठमाण्डौं/पुल्चोक किङ्स फिटनेश हवको आयोजनामा पौष २९ गते पुल्चोक क्याम्पसमा सम्पन्न तेश्रो Nationwide Students Powerlifting Meet-2080 मा ५९ जना प्रतिस्पर्धी मध्ये चितवनकी मारिया गुरुङले महिलातर्फ ओभरअल बिजेता भएकी छिन ।
५२ के.जि.Weight तर्फ गुरुङले Squat मा १०० के.जि., Bench press मा ४० के.जि. र Deadlift मा ११५ के.जि.गरी २५५के.जि.प्राप्त गरी महिलातर्फ ओभरअल बिजेता भएकी हुन् ।
त्यस्तै चितवन कै अंकित विक्रम बरुवालले ६८.८ के.जि.Weight तर्फ Squat मा १७५ के.जि., Bench press मा १०७.५ के.जि. र Deadlift मा २०५ के.जि.गरी ४८७.५ के.जि.प्राप्त गरी गोल्ड मेडल प्राप्त गरेका थिए ।
त्यसैगरी चितवनबाटै प्रतिनिधित्व गर्दै दिनेश कँडेलले ६० के.जि.Weight तर्फ Squat मा १५२.५ के.जि., Bench press मा ८० के.जि. र Deadlift मा १८२.५ के.जि.गरी ४१५ के.जि.प्राप्त गरी सिल्भर मेडल मेडल प्राप्त गरेका थिए ।






