• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा समपन्न भएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधन लगायतका प्रस्ताव सहित अधिवेशन समपन्न भएको हो । अधिवेशनले क्षेत्रगत कार्यक्रम मध्येबाट ४५ वटा योजनालाई संशोधन गरेर बजेट रकामन्तर गरेको छ । रकामान्तरण भएका योजना मध्ये सडक, ढल, धार्मिक मठ मन्दिर, चोक सुधार कार्यक्रम, मानव सेवा लगायतका शिर्षक रहेका छन् । नगरसभाले सार्वजनिक निजि साझेदारी अवधारणलाई संशोधन गरेको छ । ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट पारित गरेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
    अधिवेशनले भरतपुर भ्रमण नयाँ मिति समेत पारित गरेको छ । अधिवेशनलाई यसअघिको भ्रमणबर्ष सर्नुका कारण बारे महानगरपालिका प्रमुख रेनु दाहालले नगरसभामा जानकारी गराउनुभएको थियो । उहाँले नारायणगढ मुग्लिनको सडक, भरतपुरको मुख्य राजमार्गका कारण भ्रमण बर्षको सयम सार्नुपरेको बताउनुभयो । ‘गोन्द्राङ–नारायणगढ सडक निर्माण भइरहेको छ । भरतपुरको प्रवेश द्धारमा नै धुलो भएपछि स्थगित गर्नुपरेको हो।’ उहाँले भन्नुभयो ‘निर्माण कम्पनीसंग फागुन १८ गतेसम्म सडक निर्माण गर्ने सहमति भएपछि नयाँ मिति तोकिएको हो ।’ मेघौलीको गोलाघाट भरतपुरको प्रमुख पर्यटकी नगरी भएकाले यसलाई थप प्रचार गर्ने उद्देश्यले अधिवेशन गोलाघाटमा राखको उहाँले जानकारी दिनुभयो ।

    Advertisement

    नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्व राख्ने आयोजनाहरू–महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजना लगायतका महत्त्वपूर्ण पूर्वाधार विकासका आयोजनाहरूमध्ये केही सम्पन्न भइसकेको बताउनुभयो ।

    यसका अतिरिक्त नारायणी तटलाई सि–बिच मोडलमा विकास, नारायणी नदीको तटबन्ध, नारायणी नदी नियन्त्रण आयोजना, भरतपुर विमानस्थलको विस्तार तथा मेघौली विमानस्थलको स्तरोन्नति, नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण, ज्ञानेश्वर सामुदायिक वन परिसरमा ओपन जु तथा वडा नं. ६ मा वन्य जन्तु उद्दार केन्द्र निर्माण जस्ता दूरगामी महत्व र बृहत लगानीका आयोजना अगाडि बढिरहेका जानकारी दिनुभयो ।
    संघ, प्रदेश र हाम्रो लगानीमा महानगरको प्रशासनिक भवनको निर्माण कार्य पनि द्रुत गतिले अगाडि बढिरहेको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक दियालो बंगलालाई भरतपुर भ्रमण वर्षको सन्दर्भ पारी पर्यटनका लागी अवलोकनका व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

    उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनिमास्ट बत्ती गरी ८० किमि सडकमा जडान भैसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा दोस्रो प्याकेजको सम्झौता भई कार्य प्रारम्भ हुने चरणमा रहेको उल्लेख गनुभयो ।
    “हरित उर्जाको खपत, पेट्रोलियम पदार्थको बचत” गर्ने नीति अनुरुप नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा थप चार्जिङ स्टेशनका लागि जग्गा व्यवस्थापन गरिएको र महानगरले विद्युतीय सवारी साधन खरिद गर्ने नीति अवलम्बन गर्दै इ(स्कुटर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । महानगरभित्र विद्युतीय बस सहित गुणस्तरीय र सुरक्षित यातायात सेवाको लागि प्रारम्भिक अध्ययन भइरहेको प्रमुख दाहालले बताउनुभयो ।

    उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताउनुभयो ।
    उहाँले चालू आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
    बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पु¥याउन,साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताउनुभयो ।
    महानगरले आर्थिक वर्ष २०८०÷०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो। जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजार हजारमा पुस मसान्तसम्ममा ७९ करोड १ लाख १९ हजार(३० प्रतिशत) खर्च भएको छ ।
    पूँजिगत खर्चतर्फ विनियोजित रु ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पौष मसान्तसम्म रु ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्व ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म रु ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत संकलन भएको छ ।

    आ.व. २०७९÷८० बाट आ.व. २०८०÷८१ मा अल्या गरेर ल्याएको रकम रु १ अर्ब २६ करोड ४४ लाख सञ्चितकोषमा रहेको छ । आ.व. ८०÷८१ मा भुक्तानी दिन बाँकी तथा क्रमागत एवं अधुरो योजना समेतको लागि एकमुष्ट रु १ अर्ब ६५ करोड आ.व. २०७९÷८० मा बैंक मौज्दात रहेको रकमबाट खर्च हुने प्रक्षेपण गरिएको थियो । तर आ.व. २०८०÷८१ मा वास्तविक भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न रु १ अर्ब २४ करोड ४४ लाख देखिएकोले रु २ करोड भुक्तानी बाँकी तथा क्रमागत योजना बजेट उपशीर्षकमा मौज्दात रहने देखिन्छ ।

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.