• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

व्यवसायीहरुको समस्या समाधानमा आफ्नो उम्मेदवारी : पन्त


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • चितवन/व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्यसंघ चितवनको पौष २१ गतेदेखि सुरु हुने ५७ औँ बार्षिक साधरणसभा तथा अधिवेशनमा हालका तृतीय उपाध्यक्ष शिरिष पन्तले अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।भरतपुर महानगरपालिका वडा नं १२ निवासी ४१ वर्षका सफल हार्डवेयर व्यवसायी हुन । उद्योग बाणिज्यसंघका विगत ६ वर्षदेखि कृयाशिल रहेका पन्त उद्योग बाणिज्य संघको बस्तुगत तर्फका संयोजक समेत हुन् ।

    Advertisement

    व्यवासायिक हकहित र अधिकारका लागि आफैले नेतृत्व गरेर दवाव दिनका लागि सरोकारवाला निकायसमक्ष पुग्ने तथा समस्या परेको बेला तत्काल उपस्थित भै व्यवसायीहरुका गुनासा सुन्ने गरेका पन्तको उमेदवारीले उवासंघको चुनाव रोमाञ्चक हुने देखिएको छ ।व्यवसायीहरुका समस्या समाधानका लागि नेतृत्व तहमै पुगेर मात्रै पुरा काम गर्न सकिने भन्दै अध्यक्ष पदका प्रत्यासी पन्त यतिवेला चुनावी मैदानमा छन् । यो खबर तयार पार्दासम्म पन्तले आफ्नो समूह सार्वजनिक गरेका छैनन् ।आफु सबैको सझा उमेदवार भएकोले विभिन्न्न गुट या उपगुट भन्दा सबैको साझा बनेर उभिएको उनि बताउछन् ।

    व्यवासायिक हक हित तथा सुरक्षा आजको आवश्यकता, संस्थागत शुसासन र पारदर्शिताको प्रतिवद्धता भन्ने मूल नारा लिएर मैदानमा ओर्लिएका शिरिषले उद्योग बाणिज्य संघलाई विशुद्ध व्यवासायीहरुको छाता संगठनको रुपमा विकास गर्ने, संघ भित्र पारदर्शिता कायम गर्ने, व्यावसाय मैत्री वाताबरण तयार गर्ने, विभिन्न निकायमा लविङ गर्ने तथा युवाहरुलाई उद्यमशील र व्यवासायीक बनाउने लगायतका योजनाहरु अघि सारेका छन् ।भरतपुरको दियालो फुडल्याण्डमा हुने अधिवेशनमा पौष २३ गते २७९४ जना व्यवसायी मतदाताहरुले भोट हालेर उवासंघको नेतृत्व चयन गर्नेछन् ।

    अध्यक्षका उम्मदेवार पन्तले गरेका कार्य र जनाएका प्रतिवद्दताहरु यस्ता छन् ।

    १. वस्तुगततर्फ संयोजकका रुपमा आफूलाई प्राप्त जिम्मेवारी अनुसार संघको ५७ औँ साधारणसभा तथा अधिवेशनमा उम्मेदवारी दिने उम्मेदवारहरुका बीचमा सहमती गराई सर्वसम्मत उम्मेदवारी चयन गर्न सफल भएको ।
    २. विज्ञापन करको नाममा व्यवसायीले आफ्नो व्यवसाय अगाडि राखेको बोर्डकोसमेत कर माग्ने र दुःख दिने काम गरिएको प्रति विरोध जनाउँदै आफ्नो सामान्य प्रचार बोर्डको कर नतिर्ने अभियान चलाएको ।
    ३. कोभिड लगायतका विभिन्न समस्याबाट मारमा परेका व्यवसायीलाई भाडा छुट लगाउन लविङ्ग गरेको ।
    ४. सडकपेटी कब्जा गरेर जथाभावी वस्ने फुटपाथ व्यवसायी हटाउने अभियान सुरु गरेको ।
    ५. नारायणगढ बजारमा जथाभावी र मनपरी ढंगले घर भत्काएर व्यवसायीलाई मार पार्ने काम गरिएको प्रति जोडदार ढंगले आवाज उठाएको ।
    ६. व्यवसायीलाई घरवहाल कर तिर्न बाध्य पारिएको अवस्थामा महानगरपालिकामा गएर आवश्यक समन्वय गरी घरवहाल घरधनीलाई तिर्न लगाउन र व्यवसायको नविकरण गर्न लगाउने सहमती गरेको ।
    ७. हरेक व्यवसायीका समस्या ब्यक्तिगत ढंगले भए पनि सुन्ने, समाधानका लागि पहल गर्ने कार्य गरेको ।
    ८. पार्किङ्गको समस्या समाधान लागि भित्रि बजारमा एकतर्फी पार्किङ्ग प्रणाली सुरु गरेको ।

    अध्यक्ष भए, सिरिषका योजना के छन् ?

    १. पूर्वी चितवन तथा पश्चिम चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई नारायणगढ बजारसम्म आउन दिन आवश्यक पहल र लविङ्ग गर्ने ।
    २. नारायणगढ बजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ्ग र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापनका लागि ठोस प्रस्तावसहित सम्वन्धित निकायमा पहल गर्ने ।
    ३. संघमा आवद्ध व्यवसायीहरूको सुरक्षाका लागि बीमा गराउने ।
    ४. उद्योग बाणिज्य संघ चितवनले सञ्चालन गर्ने चितवन महोत्सवको हिसावकिताव ३५ दिनभित्र सार्वजनिक गर्ने ।
    ५. चितवन महोत्सवका स्टलहरूको बुकिङ्ग गर्दा हुने आर्थिक अनियमितता हटाउन online system बाट गर्ने व्यवस्था गर्ने ।
    ६. संघमा अहिलेसम्म महिला उपाध्यक्षको आरक्षण पद नभएकोले आम महिला दिदिवहिनीहरूको भावना र उहाँहरूप्रति सम्मान व्यक्त गर्दै संघको विधान संशोधन गरी महिला आरक्षणको व्यवस्था गर्ने, संघलाई समावेशी बनाउने ।
    ७. घर भाडा मनोमानी ढंगले बढाउने प्रवृतिलाई नित्साहित गर्दै वैज्ञानिक भाडा प्रणाली लागु गराउन सम्वन्धित निकायमा प्रस्ताव लैजाने ।
    ८. संघले सञ्चालन गरेको अतिथि गृह लामो समयदेखि घाटामा चल्दै आएकोले संघलाई आर्थिक भारसमेत परेको हुँदा अतिथि गृह बन्द गरी Vocational Training Center सञ्चालन गर्ने तथा कतिपय कोठामा कमजोर रहेका वस्तुगत संघलाई कार्यालय सञ्चालन गर्न दिने ।
    ९. चितवन उद्योग संघ लगायतका विभिन्न निकायसँग समन्वय गरी कालिका नगरपालिकाको शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक दवाव दिने ।
    १०. झोलामा संघको सदस्यता बोकेर हिड्ने तर कहिल्यै पनि पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाउने । संघलाई व्यवसायीहरुको मात्रै विशुद्ध संगठन बनाउने ।
    ११. प्रर्दशनी तथा महोत्सवलाई सुव्यवस्थित बनाउन लागी उद्योग संघ तथा विभिन्न अन्य निकायसँग समन्वय गर्ने ।
    १२. नारायणी नदी किनारमा रहेका अस्तव्यस्त ठेलाहरूलाई व्यवस्थित गर्न स्थानीय निकायसँग समन्वय गर्ने ।
    १३. नारायणगढको मेनरोडलाई व्यवस्थित गर्नका लागि मेनरोड क्षेत्र भित्र साना सवारी साधन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने ।
    १४. नीतिगत रूपमा पहल गर्नुपर्ने विविध विषयमा स्थानीय निकाय हुँदै प्रदेश तथा केन्द्र सरकारसँग वहस पैरवी गर्ने ।
    १५. जिल्लाका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि आवश्यक प्रवद्र्धनात्मक कार्यहरू सञ्चालन गर्ने ।
    १६. युवाहरुलाई रोजगारमूलक र व्यवसायी बनाउन संघको पहलमा विभिन्न निकायसँग समन्वय गरी तालिमहरू सञ्चालन गर्ने ।
    १७. व्यवसाय कर, घरवहाल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्ने ।
    १८. बैंकहरुले मनोमानी ढंगले बढाउने ब्याजदरमा एकरूपता बनाउन दवाव दिने, पहल गर्ने ।
    १९. उवासंघ चितवनको नयाँ सदस्यता प्रदान गर्न तथा नविकरण डिजिटल एफमार्फत गर्ने व्यवस्था मिलाउने ।
    २०. संघको वेभसाइट, सूचना प्रणाली, फेसवुक पेज लगायतलाई अपडेट बनाउने ।
    २१. हरेक बर्षको साधारणसभामा उत्कृष्ट व्यवसायी तथा उद्योगीहरूलाई पुरस्कृत तथा सम्मान गर्ने ।
    २२. स्थानीय व्यवसायीले सामान लोड अनलोड गर्दा हुँदै आएको असुविधाको लागि सम्वन्धित निकायसँग सहजताका लागि पहल गर्ने ।
    २३. व्यवस्थित अटोल्याण्ड निर्माणका लागि प्रस्तावित स्थानमा पहल गर्ने साथैं अन्य विकल्पको पनि खोजीमा विषेश पहल गर्ने ।
    २४. जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र प्रचारप्रसारका लागि सरोकारवालासँग आवश्यक समन्वय गर्ने ।
    २५. उद्योग बाणिज्य संघ चितवन जिल्ला कै व्यवसायीहरुको छाता संगठनको रुपमा लिने गरिन्छ । भरतपुर र नारायणढ वरपरका क्षेत्रका व्यवसायीको मात्रै जस्तो देखिने प्रतिनिधित्वलाई फराकिलो बनाउँदै रत्ननगर, खैरहनी, राप्ती लगायतका क्षेत्रबाट समेत संघमा जोड्ने सुनिश्चितता गराउने र इच्छाकामना एवम् माडी लगायतका क्षेत्रिय संघहरुलाई नगरस्तरीय बनाउन आवश्यक पहलकदमी लिने ।
    २६. चितवनका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सैं घण्टा सञ्चालन गर्न दिन आवश्यक पहलकदमी लिने ।

    https://www.youtube.com/watch?v=9aui9EOPa5s

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.