चितवन/चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा भीष्मप्रसाद खनाल निर्वाचित भएका छन् । संघको दशौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट खनालको नेतृत्वमा नौ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको हो । संघको उपाध्यक्षमा नारायण दत्त त्रिपाटी, सचिवमा शुरेस पौडेल र कोषाध्यक्षमा कुल प्रसाद खनाल निर्वाचित भए । सदस्यहरुमा श्याम बन्धु पौडेल, बिष्णु कुमारी टन्डन, पुजा बिश्वकर्मा, रामजी पौडेल र डिलु गुरूङ निर्वाचित भएका छन् ।
लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा गोबिन्द प्रसाद पौडेल र सदस्यहरुमा टीका बहादुर थापा र गणेश बहादुर श्रेष्ठ निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । संघको अधिवेशन तथा साधारण सभा बाग्मति प्रदेश सहकारी संघका कोषाध्यक्ष टिकाराम भट्टराईको प्रमुख आतिथ्यता र चितवन जिल्ला सहकारी संघका बरीष्ठ उपाध्यक्ष भत्तिराम अधिकारी लगायत अन्य बिषयगत सहकारी संघका अध्यक्षहरूको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।




