भरतपुर/चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.आजदेखि आफ्नो शुभारम्भको २८ वर्षे पूरा गरी २९ वर्षमा प्रवेश गरेको छ । २९ वर्षमा प्रवेश गरेको सुअवसरमा आफ्ना सदस्यहरु, टोलवासीहरुलाई प्रा.लि.ले निःशुल्क रुपमा मधुमेह, आँखा तथा दाँतको परीक्षण सेवा प्रदान गरेको छ ।
चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.का प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा पौष १३ गतेका लागि भरतपुरको रिजालचोक, क्षेत्रपुर तथा गैंडाकोट तीनवटै शाखामा नयाँ सदस्य बन्नेहरुलाई भर्नामा ५० प्रतिशत छुट तथा अन्य सदस्यहरुलाई ३ महिनाको मासिक शुल्कमा २० प्रतिशत, ६ महिनाको मासिक शुल्कमा २५ प्रतिशत र १२ महिनाको मासिक शुल्कमा ३० प्रतिशत छुट गरेको चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश गुरुङले जानकारी दिनुभयो ।
गुरुङले २८ वर्ष अघि जिम क्षेत्रमा आफूले सानो लगानीमा शुरु गरेको चितवन जिम हाउस अहिलेको अवस्थामा आईपुग्दा तीन शाखाबाट अत्याधुनिक प्रविधियुक्त रुपमा सञ्चालन ल्याइएको र ग्राहकहरुको मन जित्न सफल भई जिल्लाकै सम्भवत ठूलो जिमको रुपमा स्थापित गर्न सकिएको गुरुङले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा निःशुल्क मधुमेह, आँखा तथा दाँत परीक्षण अन्तर्गत भएको थियो । रगत परीक्षणमा ६५ जना, आँखा परीक्षणमा ६० जना र दन्त परीक्षणमा ४७ जनाले सहभागिता जनाएको प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
तीनवटा क्षेत्रमा गरिएको परीक्षणमा आई.आर.ल्याव प्रा.लि.ले निःशुल्क सुगर परीक्षण, थाइराइड परीक्षण रु ६००।– मात्र र अन्य परीक्षणमा ३० प्रतिशत छुट गरेको थियो । त्यस्तै क्लियर भिजन अप्टिकल हाउसले आँखा परीक्षण, सेफ एण्ड स्माइल डेन्टल होमले दाँत परीक्षण गरेका थिए ।







