रत्ननगर/नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्णमहोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन आउन लागेका हुन् ।
अध्यक्ष ओली विद्यालयको स्वर्णमहोत्सव समारोहमा सहभागी भएर विद्यालयमा बनेको स्वर्णद्धार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक अमृत श्रेष्ठले जानकारी दिए ।
स्वर्ण महोत्सव समारोह सुरु हुनु अघि बाजागाजासहित विभिन्न जातजातिका झाँकी निकाल्ने तयारी भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । २५ हजार भन्दाबढी चन्दादिने दाताहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको विद्यालयका अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा स्वर्ण जयन्तीको गार्ड सहितको १ ओटा स्वर्ण गेट, ९ वटा अतिरिक्त गेट, विद्यालय पर्खाल, स्वर्ण स्तम्भ निमर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सवैको कामका लागि करिब ७० लाख खर्च लागत आउने र खर्चको लागि सहयोग जुटिसकेको विद्यालयले जानकारी दिएको छ । स्वर्ण जयन्तीका लागि १० लाख साहित असी लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
विद्यालयलाई कालिका नगरपालिकावाट ४० लाख विद्यालयका अभिभावक, पूर्व विद्यार्थी, व्यवसायी तथा अन्य चन्दादाताहरुवाट एकहत्तर लाख नगद संकलन भैसकेको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले खर्च कटाएर वचत हुने रकमवाट अक्षय कोष बनाएर विद्यालयले मासिक आठ लाख रुपैयाँ नीजि स्रोतको तलव भुक्तानी व्ययभारलाई कम गर्ने जानकारी दिए । उनले तलब भुक्तानी गर्न संधै अभिभावक चन्दाको मारलाइ अन्त्य गर्ने प्रयास गरिने लक्ष्य राखिएको बताए ।




