• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

ओझा भारतमा ‘युपिएए अवार्ड २०२३’ बाट सम्मानित


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • काठमाडौं / सचेतना कार्यक्रम, एनटिभी न्युजका प्रस्तोता र निर्देशक सरोज ओझालाई भारतको उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले ‘युपिएए अवार्ड २०२३’ बाट सम्मान गरेको छ । सञ्चारक्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई अवार्डको ३० औं संस्करणमा सम्मान गरिएको हो । ओझालाई उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठकले सम्मान गरेका थिए । उप–मुख्यमन्त्री पाठकले भारत र विश्वस्तरमा कला, पत्रकारिता, सामाजिक अभियानलगायतका क्षेत्रमा सेवारत व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । विगत दुई दशकदेखि छापा र अनलाइन मिडियालगायत टेलिभिजन कार्यक्रम निर्माणमा सक्रिय रहेर सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ओझालाई सम्ममान गरिएको आयोजकले जनाएको छ । यसअघिका संस्करणमा अनिल कपुर, रविना टन्डन, अब्बास मस्तान, समीर अन्जान, फारुख शेख, भाग्यश्री, राहुल रोय र क्रिकेटर पियुष चावलासहितका कलाकार एवम् चलचित्रकर्मीले ‘युपिएए अवार्ड’ पाएका छन् । सम्मानित ओझाले हालसम्म सचेतनाबाहेक बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार, नेपालमै पहिलो पटक कुकिङ रियालिटी सो कलेज सेफ आइकन र हास्य टेलिशृंखला ‘कुरा मात्रै भो’ को निर्माण एवम् प्रसारण कार्यमा संलग्न रहँदै आएका छन् । उनले वृत्तचित्र निर्माणका साथै स्क्रिप्ट लेखन तथा निर्देशनसम्बन्धी काम गर्दै आएका छन् । कर्पोरेट खबर पत्रिका एवम् सोको अनलाइन संस्करण कर्पोरेट खबर डटकमको सम्पादक भएर काम गरिसकेका ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन र खेल जित मनोविज्ञान पुस्तकको सम्पादक भएरसमेत कार्य गरेका छन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यक्रम उत्पादनतर्फ जोडिदै आएका ओझालाई नेपाल टेलिभिजनले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको थियो । उनले भारतको मुम्बईमा ‘दादासाहेब फाल्के अवार्ड’, लखनउमा मानव अधिकार सम्मान २०२३, सन् २०२१ मा थाइल्याण्डमा मुख्यालय रहेको युनाइटेड नेसन्स पिसकिपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड’ र सन् २०१९ मा इजिप्टमा ‘एमएसएल एक्सिलेन्स अवार्ड’ समेत पाइसकेका छन् । व्यास ८ तनहूँमा जन्मेका ओझा हाल काठमाण्डौंमा बसोबास गर्दै आएका छन् ।

    Advertisement

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.