काठमाडौ/एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपाने “राष्ट्रिय सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् । शनिबार न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा प्रमुख अतिथि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले न्यौपानेलाई सम्मान गरेका हुन् । व्यवसायीक कृषिमा उत्कृष्ट योगदान दिएका सम्मानित न्यौपानेले एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालि मार्फत सयौं जनाले प्रत्यक्ष,अप्रत्यक्ष ५ सय जनाभन्दा बढि बेरोजगारलाई रोजगार दिन सफल भएका छन्।
Advertisement




