• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाली जुत्ता उद्योगी समूहको बिक्री कक्ष नारायणगढमा, नेपाली जुत्ता खरिदमा भुवा चप्पल उपहार


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • चितवन/नेपाली जुत्ता उद्योगी समूहले चितवनको नारायणगढमा बिक्री कक्ष (शोरुम) सञ्चालनमा ल्याएको छ । स्वेदशी जुत्ताहरुमा नेपाली उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले समूहमा आबद्ध विभिन्न सात वटा उद्योगबाट उत्पादित जुत्ताहरु बिक्री गर्नेगरी नारायणगढको चमेली बिग बजारमा बिक्री कक्षा सञ्चालनमा ल्याइएको हो । बुधबार उद्घाटन गरिएको बिक्री कक्षको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ तथा चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले संयुक्तरुपमा गर्नुभयो । बिग बजार नेपाली जुत्ता घर सञ्चालनका अवसरमा फुटवेयर मेनिफेक्चर एशोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले आफूहरुको प्रतिस्पर्धा विदेशी उत्पादनसँग हुने भन्दै नेपाली सामान गुणस्तरीय बनाउन प्रतिबद्धता जनाउनुभयो ।
    नेपाली उद्योगीहरुसँग उत्पादनका हिसाबले प्रतिस्पर्धी भए पनि सात वटा उद्योगको सामान एकै ठाउँमा बिक्री गरेर नेपाली उपभोक्तालाई आकर्षित गरेको घिमिरेले बताउनुभयो । समूहले संयुक्तरुपमा बुटवलमा पहिलो बिक्री कक्ष राखेर सुरुआत गरेको यात्रा बिगबजारमा छैठौँ शाखा भएको घिमिरेको भनाइ छ । घिमिरेकाअनुसार आगामी दिनमा बिर्तामोड, इटहरी, बिराटनगर, भैरहवा, कपिलबस्तुको जीतपुरसहित देशका अन्य ठाउँमा समेत संयुक्त बिक्री कक्ष सञ्चालन गर्दै लगिनेछ । विशुद्ध नेपाली उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित बिक्री कक्ष राखिएकोमा शुभारम्भको अवसरमा सबै उत्पादनमा १० प्रतिशत छुट तथा रु एक हजार पाँच सय भन्दा बढीको जुत्ता खरिदमा भुवा जुत्ता उपहार प्रदान गरिने उहाँले बताउनुभयो । नेपालमा उत्पादन भएका सबै प्रकारका जुत्ताहरु गुणस्तरमा विदेशी जुत्ताभन्दा स्तरीय तथा मूल्य सस्तो भएको एशोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले बताउनुभयो । बिगबजारको बिक्री कक्षमा नेपालमै अत्यधिक रुचाइएका जुत्ता उत्पादन गर्ने कम्पनी फस्ट वाक, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रन शु र टुरिष्ट शुका १५ भन्दा बढी ब्राण्डमा तीन हजार मोडलका जुत्ताहरु बिक्री गरिने न्यौपानेको भनाइ छ । उद्योगबाट उत्पादन भएका जुत्ताहरु सिधै उपभोक्ताले खरिद गर्न पाउने भएकाले उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता उपलब्ध गराउन सकिने भन्दै न्यौपानेले नारायणगढमा सञ्चालित बिक्री कक्षबाट चितवनसहित नवलपु, तनहुँ, धादिङ, मकवानपुर, गोरखा र लमजुङका उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण फुयाँलले जुत्ता चप्पलको क्षेत्रमा नेपाली जुत्ता कम्पनीहरुले ठूलो लगानी गरेका बताउनुभयो । उद्योगमा धेरैले रोजगार पाएका भन्दै उहाँले आफूहरुले सञ्चालन गरेको छ वटा बिक्री कक्षमा थप एक जना भन्दा बढीले रोजगार पाएका बताउनुभयो । देशको अर्थतन्त्रमा ठूलो योगदान नेपाली जुत्ता उत्पादक उद्योगहरुले पु¥याएका भन्दै उहाँले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नका लागि समूहमा मिलेर आएको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, वरिष्ठ हास्य कलाकार मनोज गजुरेललगायतले मन्तव्य राख्नुभएको थियो ।

    Advertisement

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.