चितवन/भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा श्रीराम तिवारीले पाएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरिय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिएका हुन्।
Advertisement

यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १० औं तहका चिकित्सक हुन् भने डा तिवारी ११ औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।




