माडी/माडीको धार्मिक एवं पर्यटकीय स्थल छरछरेधाममा चक्रतीर्थ धाम निर्माण हुने भएको छ । माडी-४ खैरहनीस्थित हरिहर मन्दिर क्षेत्रमा करीब १२ फिट उचाईको शालिग्राम शीला स्थापना हुनुका साथै प्राकृतिक रुपमा पाईएका शालिग्राम शीलाहरूको सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । आउँदो मंसिर ७ गते परेको हरिबोधनी एकादशी पर्वको दिन सो शिलाको अनावरण एवं उद्घाटनको तयारीका साथ काम हुँदै छ। नेपालमा कालीगण्डकी नदीको किनार र माडी क्षेत्रमा मात्रै शालिग्राम शीला पाइने गर्दछ ।
चक्रतीर्थ धाम निर्माणका लागि भागिरथ बस्यालको नेतृत्वमा चक्रतीर्थ धाम विकास समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा बिष्णु अधिकारी, सुवास तिवारी, हरि न्यौपाने, कुश्माखर चापागाईं, कृष्ण पाठक र पण्डित लक्ष्मी प्रसाद पराजुली रहनुभएको छ । त्यस्तै सचिवमा पूणर्चन्द्र चापागाई, सह-सचिवमा लेखनाथ भुसाल, कोषाध्यक्षमा खेमप्रसाद पाठक र सह-कोषाध्यक्षमा इन्दिरा महतो रहनुभएको छ ।

समितिका सदस्यहरुमा दिनेश्वर महतो, गोबिन्द अधिकारी, लिला सापकोटा, साबित्री सुबेदी पाण्डे, चित्रकला रानाभाट, नन्दकला अधिकारी र अप्सरा नेपाली तामाङ रहनुभएको छ । त्यस्तै गोद्धकधाम प्रतिनिधिका रुपमा नारायण दवाडी र स्थानीय सामुदायिक वन समूहका प्रतिनिधिका रुपमा खेमप्रसाद चापागाईं रहनुभएको छ। समितिमा अयोध्याम, जनजाति र महिलाहरुको प्रतिनिधित्व रहने छ।
Advertisement




