चितवन/ नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका पत्रकारहरुकाे दुर्घटना बिमा गराएको छ । हरेक पत्रकारको ३ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको महासंघ चितवनका सचिव तीर्थ नेपालले जानकारी दिनुभयाे ।
असार १ गतेबाट लागुहुनेगरी जिल्लाका २५७ जना पत्रकारहरुकाे सामुहिक दुर्घटना बिमा गरिएको उहाँले जानकारी दिनुभयो । यस कार्यका लागि कालिका नगरपालिकाले अावश्यक अार्थिक सहयाेग गरेकाे छ । नगरपालिका र महासंघ जिल्ला शाखा बिच भएको सम्झौता पत्रमा नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र महासंघ शाखा अध्यक्ष राधेश्याम खतिवडाले हस्ताक्षर गर्नुभयाे । याे बर्ष बिमाका लागि नगरपालिकाले एकलाख रुपैयाँ सहयाेग गरेको छ ।
जिल्लाका पत्रकारहरुकाे सामुहिक दुर्घटना बिमा अागामि बर्षहरुमा पनि निरन्तरताका लागि नीतिगत निर्णय गर्ने प्रतिवद्धता नगर प्रमुख श्रेष्ठले ब्यक्त गर्नु भएको छ । महासंघ संग संस्थागत रुपमा सहकार्य गर्न पाएकाेमा खुसी ब्यक्त गर्दै प्रमुख श्रेष्ठले नगरका हरेक गतिविधिकाे सञ्चारक्षेत्रबाट निगरानी र खवरदारीको अपेक्षा रहेको बताउनुभयो । सामुहिक दुर्घटना बिमाले पत्रकारको भाैतिक सुरक्षाका सवालमा दुर्घटना जस्ताे भवितव्यमा जाेखिम बहनमा भुमिका खेल्ने महासंघ अध्यक्ष खतिवडाले बिश्वास ब्यक्त गर्नुभयाे ।
पत्रकारको पेशागत र भाैतिक सुरक्षामा महासंघ गम्भीर रहेकाे उहाँको भनाइ छ । बिमाका लागि सेवा प्रदायक विभिन्न तीनवटा कम्पनी संग प्रस्ताव माग गरेकोमा जनरल ईन्स्याेरेन्श कम्पनीलाई छनाैट गरी साेहि मार्फत बिमा गरेको छ । चितवनमा ५ वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक पत्रिका, ४ वटा टेलिभिजन, २२ वटा रेडियो र २४ वटा अनलाइन प्रकाशन प्रशारणमा रहेका छन् ।




