गोविन्द घिमिरे
गैंडाकोट, ३१ जेठ /वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुरले जनक कलेज गैँडाकोटमा तयार भएको क्वारेन्टिनलाई आज एक कार्यक्रमका विच सेनिटाङजिङ स्प्रे मेसिन हस्तान्तरण गरेको छ ।
केन्द्रले आज विहान कलेज परिसरमै पुगेर वडा नम्बर ५ का अध्यक्ष नवराज कडेलको रोहवरमा क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक बलराम चालिसे लाई स्प्रे मेसिन हस्तान्तरण गरेको वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसेले बताए । सो अवसरमा गैँडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नवराज कंडेलले सामाजिक गतिविधिमा विगत एकवर्षदेखि कृयाशिल रहेको संस्थाले आफ्नै वडामा तयार हुँदै गरेको क्वारेन्टिनका लागी स्प्रे मेसिन हस्तान्तरण गरेको भन्दै आभार ब्यक्त गर्नुभयो ।
जनक कलेजमा तयार गरिएको क्वोरन्टिमा २० जना पुरुष र ५ जना महिला रहन सक्ने गरि २५ बेडको क्वारेन्टिन तयार गरिएको कंडेलले बताउनु भयो । सो अवसरमा केन्द्रका कार्यक्रम संयोजक कृष्ण कंडेल, सचिव भुमिश्वर पौडेल, कोषाध्यक्ष सरोज तिवारी र सदस्य तारानाथ अधिकारीको उपस्थिति रहेको थियो ।




