• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

त्रिपक्षीय लाभ हुनेगरी चितवन र नवलपुरमा संरक्षणमुखी कार्यक्रम प्रारम्भ


  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
  • चितवन/ समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा संरक्षणमुखी काम सुरु भएको छ ।  नवलपुरमा कावासोती नगरपालिकाका १४ वटा वडा, हुप्सेकोट गाउँपालिकाका २ वटा वडा, चितवनमा रत्ननगर नगरपालिकाका ४ वटा वडा, कालिका नगरपालिकाको ७ वटा वडा र इच्छाकामना गाउँपालिकाको १ नम्बर वडामा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्न लागिएको हो । वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालले सहमती संस्था गैँडाकोटसँगको सहकार्यमा ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ सुरु गरेको हो ।
    ट्रिपल बेनिफिट प्रोग्राम (टि.बि.पि.) परियोजनामाफर्त नारायणी नदी जलाधार अन्तर्गतको नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा ३ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ९ करोड ९३ लाख बराबरको काम हुने सहमतिका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।
    शुक्रबार भरतपुरमा भएको परियोजना शुभारम्भ घोषणा कार्यक्रममा डब्लु डब्लु एफ नेपालका स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँदले यस कार्यक्रमले स्थानीय समुदायहरुलाई प्राकृतिक स्रोतहरूमाथिको निर्भरता घटाउँदै, वन तथा जलिय पारीस्थितिकिय प्रणालीको संरक्षण, पुनस्थापना र व्यवस्थापन गर्न र तिनीहरूको जीविकोपार्जन उत्थान गर्ने प्रकृतिमा आधारित समाधानहरू कार्यान्वयन गर्न सहयोग गर्ने जानकारी दिनुभयो । सरोकारवालाहरुको परामर्शमा पहिचान गरिएका सामाजिक चुनौतिहरूको आधारमा यी जलाधार क्षेत्रमा परियोजनाको कार्यक्रमहरुलाई प्राथमिकीकरण गरीएको उहाँको भनाई छ । यस क्षेत्रमा पानीको अभाव, नदी कटान, वन डडेलो, खुला चरिचरण, सिमित जीविकोपार्जनका अवसरहरू र सीमान्तकृत समूहहरूको प्रतिनिधित्व र सहभागिताको अभाव महशुस गरीएकोले त्यस्ता समस्या समाधानका लागि काम गरिने उहाँले बताउनुभयो ।
    डब्लु डब्लु एफ डेनमार्क र डेनमार्क सरकारको आर्थिक सहयोगमा सुरु भएको यस परियोजनाले समुदायको समुन्नति र समृद्ध जैविक विविधतालाई संरक्षण गर्दै जलवायु उत्थनशिल नारायणी नदी जलाधारको लक्ष्य राखेको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले जानकारी दिनुभयो ।

    Advertisement


    कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा गर्न लागिएको यस कार्यलाई निरन्तरता दिन सके दिगो विकासको लक्ष्य प्राप्तीमा सघाउ पुग्ने बताउनुभयो । त्यस्तै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले स्थानीय पालिकासँगको समन्वयमा हुने हुँदा अझ बढी प्रभावकारी हुने बताउँदै जिल्ला समन्वय समितिको तर्फबाट भरपुर सहयोग रहने बताउनुभयो । इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले खगेरीको मूहानमा ठूलो पहिरो आउने खोलाको धार नै परिवर्तन हुने अवस्था रहेकोले तटबन्धनमा ध्यान दिन आग्रह गर्नुभयो ।
    चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवले जैविक विविधता संरक्षणका लागि यो अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले रुखले पानी होल्ड गथ्र्यो, अहिले रुख कटान हुन थाल्यो त्यसपछि पानी बग्न थाल्यो, जसले कटान जस्ता क्षति बढी हुन थाल्यो यो रोक्नपनि संरक्षणमुखी कार्यक्रम जरुरी छ ।”
    डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले खगेरी खोला पश्चिम चितवनको लाइफलाइनसँग जोडिएको बताउँदै माथिल्लो र तल्लो तटीय क्षेत्रका जनजीवन सहज बनाउन वन र खोलामा हुने प्रदुषण रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नदीबाट माछा, ढुङ्गा गिटी बेचेर धेरै धनी भए तर नदी गरीब बन्दै गयो अहिले पालिकाले फोहर यहि क्षेत्रमा फाल्छन्, अब यसलाई जोगाउनुपर्छ ।”
    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बन्ने संरचना जनावरमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पहिले खोला नहरमा पानी आउँदा माछा आउँथ्यो, अहिले प्लास्टिका आउँछ, त्यो रोक्नुपर्छ ।”
    वन निर्देशनालयका योजना अधिकृत हेम पाठकले स्थानीय सरकारसँगको समन्वयमा काम गर्न सुझाव दिनुभयो । वन, पर्यावरण र संरक्षणसँग सम्बन्धित अन्य सरोकारवालाहरुले परियोजना सफलताको शुभकामना व्यक्त गर्दै प्रभावकारी रुपमा गर्न आग्रह गरेका थिए । सहमतिका कार्यकारी निर्देशक हरिप्रसाद सापकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

    शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.