भरतपुर /भरतपुर महानगरपालिका वडा न ११ ले वडा स्तरीय दशै तिहार कप फुटबल प्रतियोगिता २०८० शुरु गरेको छ । भरतपुर ११ मा रहेको गज खेलमैदानमा प्रतियोगिता सन्चालन गरिएको छ । प्रतियोगिताको उद्वघाटन गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले एक वडा एक खेल मैदानको अवधारणा ल्याएको बताउनु भयो । बिकासका चरण सगै महानगरपालिकाले खेलकुदको क्षेत्रमा पनि कायापलट हुने गरि बिकास गर्न चाहेको छ उप प्रमुखले भन्नुभयो, “सडक,शिक्षा,खानेपानी,सन्चार,खेल,पर्यटन,स्वास्थ्य लगाएतका क्षेत्रहरुको बिकास तीब्र गतिमा हुन्छ भने भरतपुरमा मात्रै हुन्छ । ” उहाँले खेल बिकासको क्षेत्रमा भरतपुर महानगरपालिकाले खेलेको भुमिकाको कदर गर्दै नेपाल सरकारले आर्थिक बर्ष २०७९/०८० मा सर्बोत्कृष्ट अवार्डबाट सम्मान गरेको पनि बताउनु भयो ” यो सम्मानले हामीलाई थप उर्जा मिलेको छ नगर उप प्रमुखले भन्नुभयो । कार्यक्रममा वडाका जनप्रतिनिधि,सामुदायिक बनका प्रतिनिधिहरु,कर्मचारी,प्रहरी,पत्रकार तथा खेलकुद सग सम्बन्धित अन्य सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । उद्वघाटन कार्यक्रम वडा अध्यक्ष कमल मल्लको अध्यक्षतामा सम्पन्न भएको थियोे । प्रतियोगितामा जम्मा ८ टिमले सहभागीता जनाएका छन् । आज बिहिवारबाट शुरु भएको प्रतियोगिता असोज २८ गते सम्म चल्ने छ ।

Advertisement




