• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • नारायणगढ/बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।

    Advertisement

    गत २०७९ साउन मा आयोजनाको म्याद सकिएपछि एक वर्षको समय पाएको निर्माण कम्पनीले थपिएको म्याद सकिँदा आयोजनाको भौतिक प्रगति मात्रै १८ प्रतिशत थियो । थपिएको एक वर्षमा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको टिप्पणी भइरहेको छ । म्याद थपिएको एक वर्ष समय सकिँदासम्म आयोजनाको प्रगति मात्रै ३८ प्रतिशत पुगेको थियो । थपिएको समयमा पनि काम नसकिएपछि २०८० भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ ।

    गत भदौ ११ गते तेस्रो पटक म्याद थपिएको एक महिनाको समयमा तीन प्रतिशत काम सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो ।

    “पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक पाँच सय ९५ जना ले अहिले काम गरिरहेका छन् भने १३ वटा स्काभेटर, सात ग्रेडर, ११ वटा लोडर, चार वटा क्रेन २८ टिपर, १० पानी बोक्ने ट्याङ्की तथा पाँच कङ्क्रिट बोक्ने गाडीले नियमित काम गरिरहेका छन”, उहाँले भन्नुभयो, “थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।”

    आयोजनाले सडक कालोपत्रे गर्नेकामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्रे गरिएको छ । “नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो, “गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।”

    पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२ ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकाले बताउनुभयो । “पूर्वी खण्डमा ५० प्रतिशतको हाराहारीमा बिजुलीको पोल सार्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “बजार क्षेत्र तथा कार्यालय भएका क्षेत्रमा बिजुली सट डाउन गर्न समस्या हुने गरेकाले बिदाको दिन मात्रै बिजुलीको पोल सार्ने गर्नुपरेकाले काममा ढिलाइ भएको छ ।”

    चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।

    सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार सुरु गरिएको हो । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

    साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते बुटवल नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो । रासस

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.