चितवन/भरतपुर महानगरपालिका–७ कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार अभियुक्त आफ्नै नाती प र्ने कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । भरतपुर महानगरपालीका–२८ मेघौलीका ४३ वर्षीय चापागाईलाई प्रहरीले बर्दघाटको शिवमन्दिरबाट पक्राउ गरेको हो ।
Advertisement
चापागाईलाई निरन्तर खोजतलास गर्ने क्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको बिशेष सूचनामा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी सुस्ता पश्चिम समेतबाट खटिएको प्रहरी टोलीले असोज २२ गते वर्दघाट नगरपालिका–४ बाढीपीडित स्थित रहेको शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




