• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा महासचिव पदमा पुनः गौरीराज जोशीको उम्मेदवारी


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • चितवन/ गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने ११ औं महाधिवेशनमा महासचिव पदमा पुनः गौरीराज जोशीले उम्मेदवारी दिएसगैँ प्रचार अभियानलाई तीव्र पारेका छन् । महासचिव सचिव गौरीराज जोशीले २०२३-२५ कार्यकालका लागि फेरि महासचिव पदमा उम्मेदवारी दिएसगौ नेपालमा आई आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र पारेका हुन् । गैर आवासीय नेपाली संघमा स्मार्ट एनआरएनए अवधारण अघि सारेका उनले त्यो अवधारणमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले पुनः उम्मेदवारी दिएको बताए । ‘मैले सुरु गरेको स्मार्ट एनआरएनए (पोलिसी) अघि बढेर बामे सर्ने अवस्थामा रहेको छ । सबै गैरआवासीय नेपालीहरुले केन्द्रीय नेतृत्वको लागि मतदान गर्ने व्यवस्था गर्नको लागि एउटा इच्छा शक्ति भएको नेतृत्वको आवश्यक हुन्छ मेरो काम पनि सबैले हेर्नु र देख्नुभएको छ, त्यसको लागि म तयारीमा छु’ जोशीले भने । अमेरिकाका सफल युवा व्यवसायी तथा सामाजिक अभियन्ता जोशीले ‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उम्मेदवारी दिने घोषणा गरेका थिए । महासचिव रहँदा उनले गरेका प्रशंसनीय कामले जोशीलाई फेरि महासचिव पदमा उम्मेदवारी दिन विश्वभरका नेपालीको दबाब छ । एनआरएन अभियानमा पछिल्लो कर्मले फेरि पनि उनले सारेका अभियानमुखी कामलाई पूरा गर्न फेरि महासचिवको दाबेदारीमा उनलाई बलियो देखाएको गैर आवासीय नेपालीको बुझाइ छ ।

    Advertisement

    एनआरएनए अभियानमा लामो समयदेखि लागेका गौरीलाई यतिबेला साथीभाइले महासचिवका लागि अगाडि बढ्न हौस्याएका छन् । ‘कर्म गरे अवश्य फल पाइन्छ’ भन्ने सोचका साथ अगाडि बढेका गौरीलाई पछिल्लो कार्यकालमा पनि सर्वाधिक भोटका साथ महासचिवमा विजयी गराएका थिए । यस कार्यकालमा संस्थामा निकै सक्रिय रहेका जोशी एनआरएनमा भावी अध्यक्ष बनिरहदाँ फरक र भिन्नै शैलीमा यसलाई अगाडी बढाउने सोचमा छन् । समुह व्यवस्थापनका कारण यस पटक पनि जोशीलाई महासचिवमा राखेर अध्यक्षको तयारी गराउनका लागि पुनः महासचिवमा उम्मेदवारी दिएको गैर आवासीय नेपालीहरु बताउँछन् । उनको विकल्पमा कोही नभएको गैर आवासीय नेपालीहरुकै दावी छ । को हुन् गौरी जोशी ? चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा मध्यम वर्गीय परिवारमा जन्मिएका गौरी जोशी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकीमा अहिले निकै लोकप्रिय छन् । सरल सहयोगी निडर र आत्मीयपनका धनी गौरी जोशी सबै माझ सहज रुपमा घुलमिल हुनसक्छन् । सहमति, सहकार्य र एकतालाई मूल मन्त्र मान्दै उनले जहिले पनि सबैको भलो हुने गरी काम गर्न रुचाउछन् ।

    हरेक आपत विपत केही न केही सहयोग र सद्भाव काय राख्ने उनको फरकशैली पनि एउटा सफलता कडि मान्न सकिन्छ । लामो संघर्षपछि अमेरिकामा स्थापित भए जोशी । तर उनको प्रारम्भिक यात्राको गोरेटो भने सहज थिएन । काठमाडौंबाट उच्च शिक्षा गरेर उज्जवल भविष्यको खोजीमा अमेरिका भासिएका जोशीले शुरुमा जागिर, कोठा अनि पढाइका लागि निकै दौडधुप गरे । पुरख्यौली जग्गा बेचेर विद्यार्थी भिसामा अमेरिका पुगेका गौरीले डालासबाट आइटीमा मास्टर्स डिग्री गरे । अमेरिका आमनेपालीका लागि सपनाको संसार भएका बेला गौरीले आफ्नो भविष्यको बाटो रोजिसकेका थिए । पढाइ पुरा गर्नासाथ सन् २००० तिर उनले एउटा आइटी कम्पनीमा जागिर पाए । काम र अनुभवसँगै उनले आफ्नै आइटी कम्पनी खोले । भस्टीका नाम दिइएको उनको आइटी कम्पनीले बिस्तारै बजार लियो र व्यवसायमा सफलता पाउन थाले ।

    यतिखेर डलासस्थित उनको आइटी कम्पनी अमेरिकाकै उत्कृष्टमध्येको एक मानिन्छ । गौरीको प्रगति र उन्नतिका कथाहरु एकपछि अर्को चम्कंदै गए । धनसँगै उनको मित्रवत व्यवहार र सहयोगी भावनाले उनलाई संसारभर छरिएका प्रवासी नेपालीबीच छोटो समयमै घुलमिल गरायो । लाखौं प्रवासी नेपालीको मन मष्तिस्कमा रहन सफल भए उनी । गैर आवासीय नेपाली संघ (आइसीसी) को विभिन्न पदमा रही जोशीले व्यवसायिक सफलतासँगै एनआरएन अभियानका सारथीका रूपमा आफूलाई अगाडि बढाउँदै लगे । दुई जनाबाट शुरु भएको उनको व्यवसायले हजारौंलाई रोजगार दिएको छ । भास्तिकाका चारदेखि पाँच हजार उत्पादन विश्व बजारमा स्थापित भइसकेका छन् । एटीएन्ड टी, सीटी बैंक र अमेरिकन एअरलाइन्सजस्ता प्रसिद्ध व्यवसायिक घरानामासमेत जोडिएको उनको कम्पनीले भारत र नेपालमासमेत सेवा विस्तार गरिसकेको छ । जोशीले यस व्यवसायबाट सफलता हात पाएसँगै रियल स्टेट, ग्याँस स्टेसनलगायतमा हात हालिसकेका छन् । अमेरिकाको टेक्सासलाई आधार बनाएका जोशी व्यवसायसँगै परोपकारी कार्यमा पनि क्रियाशील छन् ।

    डेढ दशक अगाडि नेपाली समाज टेक्सासमार्फत परोपकारी कार्यमा जुटेका गौरीको मुलुकसँग जोडिने अभियानमा महत्वपूर्ण भावहरू अझै छचल्किन्छन्। ‘सबैभन्दा पहिलो कुरा भनेको एक पटकको नेपाली, सधैंको नेपाली भन्ने मुलमन्त्रलाई बोकेर विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकसम्म पुर्‍याउने अनि विदेशमा स्थापित नयाँ पुस्तालाई मुलुकसँग जोड्ने उनको अभियान अझै जारी छ’, उनले भने, ‘विदेशमा पढेँ, व्यवसाय गरेँ, धन कमाएँ र अहिले अमेरिकामा बसेर ससारभर छरिएर रहेका प्रवासी नेपालीको मन जित्ने अभियानमा लागेको छु ।’ सुरुका दिनमा समाजसेवा गर्दा उनको महत्वपूर्ण अभियान थियो–भाषा पाठशाला । दोस्रो पुस्तामा जबसम्म हामीले नेपाली भाषा हस्तान्तरण गर्न सक्दैनौं, तबसम्म मुलुकसँग जोड्ने अभियान अधुरै हुने उनको विश्वास छ । ‘विदेशमा हुर्केका र जन्मेका नयाँ पिंढीले नेपाली बुझेनन् र जानेनन् भने उनीहरूले नेपाली कला संस्कृति अनि भेषभुषा पनि जान्दैनन् । त्यसपछि विस्तारै मुलुकसँग पनि पर हुन्छन् त्यसैले पहिलो कामका रुपमा हामीले नेपाली भाषाको हस्तान्तरण गर्ने काम गर्नुपर्छ’, गौरी आफ्नो अभियानलाई बेली विस्तार लगाउँछन् । सहयोग र परोपकारी अभियानमा सधै अगाडि सर्ने गौरीले टेक्सासको नेपाली सांस्कृतिक केन्द्र होस् या चितवनको हिन्दु विद्यालय अनि चेपाङ वस्ती या सिन्धुका शिक्षालयमा लाखौं सहयोग गरेका छन् । उनले आफ्नै सहयोगी संस्था आमा फाउन्डेसन मार्फत समेत विभिन्न सामाजिक काम गरेका छन् । भने उनकै पहलमा चितवनको भरतपुर रगत संकलन गर्ने बस समेत सहयोग भएको थियो ।

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.