• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिकामा दुईदिने जिल्ला स्तरीय जितिया–कप सुरु


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • कालिका/थारुहको जितिया पर्वको अवसरमा चितवनको कालिका आजदेखि जिल्ला स्तरीय जितिया–कप २०८० सुरु भएको छ । थारु युथ स्पोर्टस् क्लब चितवनले आयोजना गरेको यो तेश्रो जितिया–कप हो । कालिका नगरपालिकाको वडा नं. ३ स्थित कवर्डहलमा आयोजना गरिएको जितिया–कपको नगर प्रमुख विनोद रेग्मीले उदघटन गर्नुभयो ।

    Advertisement

    उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले स्वास्थ्यका लागि खेलको विकास आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । नगरपालिकाले खेलकुदलाई सधै प्राथमिकतामा राख्दै आएको बताउनुभयो । जिल्ला स्तरिय कार्यक्रम आफ्नो नगरक्षेत्रमा आयोजना गरिएकाले आफुलाई थप उत्साह मिलेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले चितवन अहिले जितियामय बनेको बताउनुभयो । थारुहरुको परम्पराकालदेखि मनाउँदै आएको जितियाको अवसरमा चितवनका गाउँगाउँ हर्ष र उल्लासपर्ण बनेको बताउनुभयो । कतै नाचगान, कतै सचेतनामूलक कार्यक्रम कतै खेलकुद जस्ता गतिविधि जिल्लाभरनै भइरहेको जानकारीदिनुभयो । यस्ताखालका गतिविधिले आफुहरुको कला, संस्कृति चाडपर्वहरु संरक्षणहुँदै जाने उहाँको भनाई थियो ।

    कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति एवम कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठले चाडपर्वसँग खेलकुदलाई जोड्दा यसको प्रभाव अझै बलियो हुने बताउनुभयो ।

    कार्यक्रममा समाजसेवी रमेशजंग थापाले खेलकुदले समाज रुपमान्तरणमा सहयोग पुग्ने बताउनुभयो । कालिकालाई खेलकुदको हब बनाउन सके नगरक्षेत्रले नसोचेको फड्को मार्ने उहाँको भनाई छ । जिल्लाभरका ब्याडमिन्टन खेलाडी र खेलप्रति रुचिराख्नेहरुलाई आफ्नो नगरक्षेत्रमा स्वागतगर्न पाउँदा बेग्लै खुशी मिल्ने गरेको उहाँले बताउनुभयो । कालिकामा आयोजना हुने यस्ताखालका गतिविधिमा आफु निरन्तर सहभागीहुँदै समेत उहाँले जानकारी दिनुभयो । आर्थिक सहयोगमात्रै नभई प्रत्येक्ष रुपमा सहभागी भएर कार्यक्रम सफल बनाउन मेरो उपस्थ्तिी हुँदै आएको छ उहाँले भन्नुभयो ।

    कार्यक्रममा सेन्ट्रल कलेज चितवनका प्रमुख ज्ञविलास (वाइबी) पौडेलले थारुहरुको जितिया पर्वसँग ब्याडमिन्टन प्रतियोगीता आयोजना गरिएकाले यसले परम्परागत चाडपर्व संरक्षणमा टेवा पुग्ने बताउनुभयो । कलेजले धेरै खालका कार्यक्रमगर्दै आउँदा युवाहरुले निकै रुचाएको ब्याडमिन्टन प्रतियोगीतामा पनि कलेजले सहयोग गरेको जानकारीदिनुभयो । थारुहरुको भेषभुषा, कला संस्कृतिलाई संरक्षणगर्ने उद्देश्यले भइरहेको कार्यक्रममा आफुहरु जोडिन पाउँदा निकै खुशीलागेको बताउनुभयो । विभिन्न जातजाति, समुदायसँग हातमालोगर्दै आएको कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानेडा लगायतका मूलुकहरुमा जान चाहने विद्यार्थीहरुका लागि काउन्सिलङगगर्ने काम गर्दै आएको छ । उहाँका अनुसार नेपालमै सीप सिकेर जागिर खान इच्छुक नेपालीहरुलाई सेन्ट्रल कलेजले तालिम समेत दिँदै आएको छ । सीप सिक्न वा उच्च शिक्षा सम्बन्धि भाषा सिक्न रुचि राख्ने विद्यार्थीहरुका लागि कालिकावाट निशुल्क बसको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम थारु युथ स्पोर्टस् चितवनका दीपेन्द्र चौधरीको अध्यक्षतामा आयोजना गरिएको हो ।

    उद्घाटन कार्यक्रममा स्थानीय थारु चेलीहरुको समेत प्रस्तुती थियो ।

    दुई दिन सम्म चल्ने प्रतियोगीतामा दुईखालका खेलहुँदैछन् । थारु खुल्ला प्रतियोगीतामा थारुहरुबीच मात्रै प्रतिस्प्रर्धाहुने छ । खुल्ला थारु तर्फ २२ वटा टिमले भाग लिएका छन् । यस्तै बी लेभल खुल्ला तर्फ ५० टिमले भाग लिएका छन् ।
    प्रतियोगीतामा दुवै खेलमा ( बराबरी पुरस्कार )प्रथम हुने समुहलाई नगद ३० हजार, दोश्रो हुनेलाई नगद १५ हजार, तेश्रोहुने समुहलाई ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । खेल खेलौं स्वस्थ रहौं भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगीताको सह आयोजक न्यू स्टार युवा क्लब कालिका ४ रहेको छ ।

    प्रतियोगिता सफल बनाउन कालिका नगरपालिका, रत्ननगर नगरपालिकाले आर्थिक सहयोग दिएको छ । यस्तै रमेश जंग थापाले प्रथम पुरस्कार सौजन्यगर्नुभएको छ भने सेन्ट्रल कलेजले द्धितीय पुरस्कार सौजन्य गरेको छ । यस्तै मञ्जु श्रीलेपनि द्धितीय पुरस्कार सौजन्य गरेको हो । यस्तै नरकटिया मेडिकल हलले तृतीय पुरस्कार सौजन्य गरेको छ । तृतीय पुरस्कार सौजन्यगर्नेमा रामेश्वर के.सी, रामहरी के.सी पनि रहेको छ । रत्ननगरका वडा नं. ६, ७ र ८ ले पनि आर्थिक सहयोग गरेको छ ।

     

    —00—

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.