• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन अर्थमन्त्री डा महत


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • काठमाडौँ/ अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताउनुभएको छ । पुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज यहाँ आयोजना गरेको सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपिभी खोपलाई प्रवर्द्धन गर्नेसम्बन्धी एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले स्वास्थ्यमा सबैभन्दा बढी जुन जनसङ्ख्यालाई प्रभावित बनाएको हुन्छ, त्यसैमा सरकारले लगानी गर्ने बताउनुभयो ।

    Advertisement
    उहाँले सरकारसँग सीमित साधन स्रोत रहेकाले निजी र अन्तरराष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्ने भनाइ राख्नुभयो । “हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन्”, उहाँले भन्नुभयो, “थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ ।” मन्त्री डा महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले सबभन्दा बढी प्रतिफल दिने क्षेत्रमा बजेट प्राथमिकतामा पर्ने बताउनुभयो ।

    उहाँले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दा पनि हाम्रा आवश्यकता र सबैभन्दा बढी जनसङ्ख्यालाई प्रभाव पार्ने स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्र के–के हुन् त्यसलाई पहिल्याएर विनियोजन गरिने बताउनुभयो ।  पाठेघरको मुखको क्यान्सर धेरै महिलालाई लाग्ने गरेको उल्लेख गर्दै उहाँले सरकारले पाठेघरको मुखमा हुने क्यान्सर निर्मूलका लागि काम गरिरहेको बताउनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभीले क्यान्सर लाग्नमा कारक तत्वलाई निवारण गर्ने र रोग लाग्ने सम्भावनालाई समाप्त पार्ने बताउनुभयो ।

    उहाँले क्यान्सर लागेपछि आर्थिक सामाजिक, मानसिक, शारीरिक समस्या सिर्जना गर्ने र त्यो आउन नदिनका लागि किशोरी अवस्थामा नै खोप लगाउनुपर्ने बताउनुभयो । मन्त्री डा महतले वैदेशिक ऋणको सावाँब्याजको दायित्व बढिरहेको उल्लेख गर्दै विकास खर्च, स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण विषयमा थप दबाब बढिरहेकाले निजी क्षेत्रसँग सहकार्य गरेर मुलुकलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

    पाठेघरको मुखमा हुने क्यान्सर अहिले महिलामा बढिरहेको उल्लेख गर्दै  उहाँले खोप लगाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताउनुभयो ।

    कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा हरेक दिन छ महिलामा पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै यसका लागि एचपिभी खोपले नै क्यान्सरलाई बचाउने बताउनुभयो । उहाँले राष्ट्रिय कार्यक्रममा समावेश गरेर नै प्रत्येक वर्ष पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउनुपर्ने बताउनुभयो । उहाँले २६ वर्षभन्दा माथिका महिलालाई खोपले काम नलाग्ने भन्दै ९ देखि १५ वर्ष मुनिका किशोरीलाई खोप लगाउनुपर्ने बताउनुभयो ।

    क्यान्सर रोग विशेषज्ञ डा शाहीले एचपिभी खोप ९९ प्रतिशत प्रभावकारी रहेको जनाउँदै २१ देखि ६५ वर्ष उमेर समूहका महिलालाई पहिचान गरेर क्यान्सर रोगबाट बचाउनुपर्ने बताउनुभयो । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । महिलामा असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । रासस

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.