• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप


  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
  • – कृष्ण आचार्य
    भरतपुर, २९ जेठ / कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ । क्वारेन्टिनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो । प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । सोमबार ३० जना र बुधबार चारजनाको पिसिआर पोजेटिभ देखिएको थियो । त्यसपछि झन पिसिआर परीक्षण गराउने बढेका छन् ।

    Advertisement

    दैनिक पिसिआर परीक्षणका लागि क्वारेन्टिन, अस्पताल र अन्य सम्भावित क्षेत्रबाट स्वाब सङ्कलन गरेर ल्याइने गरेको छ । तर स्वाबको चापका कारण प्रयोगशालामा नै होल्ड हुनुपर्ने अवस्था छ । भरतपुर कोभिड–१९ प्रयोगशाला प्रमुख डा नितु अधिकारीले पछिल्ला दिनमा प्रयोगशालामा स्वाबको चाप बढेको जानकारी दिनुभयो । उहाँले करिब ९०० स्वाब परीक्षणका लागि होल्डमा रहेको बताउनुभयो ।

    प्रयोगशालामा दैनिक १५० देखि २०० नमूना परीक्षणका लागि आउने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । शुरुका दिनमा निकै कम नमूना परीक्षण भए पनि अहिले सङ्ख्या बढ्दै गइरहेको उहाँले बताउनुभयो । सोमबार ३१० नमूना परीक्षण गरिएको थियो । मङ्गलबार र बुधबार ४५० नमूना परीक्षण भएको पौडेलले जानकारी दिनुभयो । बुधबार भरतपुरमा सल्यानका १३१ वटासहित २७४ स्वाब परीक्षणमा गरिएको छ । ती सबैमा कोरोना सङ्क्रमण नभएको पाइएको छ । बुधबार भरतपुर क्यान्सर अस्पतालको २६, भरतपुर अस्पतालको ४६, भरतपुर महानगरपालिकाको आठ, चितवन मेडिकल कलेजको ११, सेन्ट्रल अस्पतालको तीन, नारायणी सामुदायिक अस्पतालको आठ, खैरहनी नगरपालिकाको ३६, मनकामना अस्पतालको पाँचजनाको स्वाब परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

    भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालामा चितवन, नवलपरासी, धादिङ, कपिलवस्तु, मकवानपुर, सल्यानलगायतका जिल्लाबाट सङ्कलन गरी ल्याइएका स्वाब परीक्षण हुँदै आएको छ । प्रयोगशालामा अहिले १० जना प्राविधिकले काम गरिरहेका छन् । भरतपुर अस्पताल, क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजका प्र्राविधिक प्रयोगशालामा खटिएका छन् । प्रयोगशालामा काम गर्ने प्राविधिकलाई अस्पतालले भरतपुर चोबीसकोठीमा रहेको होटल ग्लोबलमा आइसोलेशनमा राखेको छ । प्राविधिकले उच्च मनोबलको साथ राति १–२ बजेसम्म काम गर्ने गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

    विभिन्न जिल्लाबाट क्वारेन्टिनमा बसेकाहरूको स्वाब सङ्कलन गरी पठाउने गरिएकाले प्रयोगशालामा चाप बढ्दै गएको मेडिकल सुपरिटेन्डेन्ट तिवारीले बताउनुभयो । कोभिड–१९ प्रयोगशालामा अहिले आवश्यक मात्रामा किट उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । प्रयोगशालाका प्राविधिकका अनुसार एउटा स्वाब परीक्षण गर्दा राज्यको रु १५ हजारदेखि रु २० हजार खर्च हुन्छ ।-रासस

    बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.