नवलपरासी/पूर्वी नवलपरासीको गैंडाकोट १० पितौंजीमा ८ बर्षीया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ८ बर्षीया बालिकालाई स्थानीय २८ बर्षीय ईन्द्र पन्त नाम गरेको युवकले बलात्कार गरेका हुन् ।
बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाए पछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय बासिन्दाले बताएका छन् । युवक अहिले इलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेको छ । हिजो बुधबार साँझ बलात्कृत बालिकाको कपाल समेत छोटो पारी काटि युबकले पठाएका थिए ।
स्थानीय युबतीले बालिकाको शरिरै भरी कपाल देखेपछि नुहाईदिन लाग्दा कपडामा रगतको दाग देखे पछि बलात्कार भएको हुन सक्ने शंका गरेका थिए । पछि बालिका लाई सोध्दा समेत स्वीकार गरेपछि घटना बाहिर आएको हो । घटना बुधबार दिउँसो भएको अनुसन्धानबाट खुल्न आएको छ । पिडक युबकले घटना घटाएको स्वीकार गरिसकेका छन् । बलात्कृत बालिकाको मेडिकल चेकजाँच समेत भैसकेको छ भने रिपोर्ट आउन बाँकी रहेको स्थानीयले बताएका छन् ।




