• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

देवघाट क्षेत्रको विकासका लागि साढे तीन करोडका योजना शुरु


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल पवित्र धार्मिक तीर्थस्थल देवघाटमा साढे तीन करोडका योजना निर्माण शुरु गरिएको छ । समितिले आफ्नो कार्यक्षेत्र तनहुँ, चितवन र नवलपुरमा रु तीन करोड ४९ लाखका योजना निर्माणको काम शुरु गरेको हो । तनहुँको देवघाट गाउँपालिका–५ तर्फ रु ७० लाख, चितवनको भरतपुर महानगरपालिका–१ तर्फ रु दुई करोड ५४ लाख र नवलपुरको गैँडाकोट नगरपालिका–२ तर्फ रु २५ लाखका योजनाको काम शुरु भएको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।
    योजना निर्माणका लागि गण्डकी प्रदेश सरकार, वाग्मती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । समितिका अध्यक्ष पौडेलका अनुसार गण्डकी प्रदेशगत तथा गाउँपालिकागत योजनाबाट रु १५ लाखको लागतमा टाउनचोकबाट गलेश्वर आश्रम मार्ग ढलान, सामाजिक विकास मन्त्रालयको रु सात लाखको लागतमा देवघाट समाज कल्याण केन्द्रको कम्पाउण्ड वाल निर्माण, देवघाट गाउँपालिकाको रु १५ लाखको लागतमा कार्यालय भवनमाथि ट्रस निर्माणकार्य शुरु गरिएको छ । त्यस्तै क्षेत्र विकास समितिको पूँजीगत योजनाबाट रु १५ लाखको लागतमा धार्मिकमार्ग निर्माण तथा स्तरोन्नति, रु छ लाखको लागतमा मणिमुकुन्देश्वर उद्यान व्यवस्थापन, रु सात लाखको लागतमा हरिहरचोकबाट महेशमार्ग ढलान, रु एक लाखको लागतमा निर्मित संरचना मर्मत, रु दुई लाखको लागतमा सूर्य पञ्चायन मन्दिर र रु दुई लाखको लागतमा देवघाट कालिका मन्दिर निर्माण सुधारकार्य शुरु गरिएको छ ।
    चितवनतर्फको क्षेत्रमा वाग्मती प्रदेशबाट सशर्त अनुदानतर्फ प्राप्त रु ८० लाखले छ, प्रदेश मन्त्रालयबाट प्राप्त रु एक करोड ६२ लाखले तीन र समितिको पूँजीगततर्फका रु १२ लाखले छ योजना निर्माण शुरु गरिएको छ । सबै योजना चालू आवकै असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । चितवनतर्फ प्रहरी चौकी अगाडीको दाहसंस्कारतर्फ रहेको गल्छी नियन्त्रणका लागि रु २५ लाख, रामजानकी बालिका आश्रम भवन निर्माणका लागि रु १५ लाख, रामजानकी गार्गी कन्या गुरुकुलम स्नानगृह तथा शौचालय निर्माणका लागि रु १० लाख, दाहसंस्कारस्थलमा सार्वजनिक शौचालय निर्माणका लागि रु १० लाख, बागेश्वरी समावेशी गुरुकुलम भवन मर्मतका लागि रु १० लाख र वैदिक धर्मशाला नजिकको चौतारी पुनःनिर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।
    त्यस्तै देवघाट कल्पवास पदमार्ग निर्माणका लागि रु एक करोड, सार्वजनिक शौचालय निर्माणका लागि रु ४० लाख, दाहसंस्कारतर्फ पहिरो नियन्त्रणका लागि रु २२ लाख, सत्य साइकेन्द्र ट्रस निर्माणका लागि रु तीन लाख, एनआरएनए वृद्धाश्रम कम्पाउण्ड निर्माणका लागि रु तीन लाख, बागीश्वरी गौसंरक्षण केन्द्रका लागि रु दुई लाख, रामनगर माध्यमिक विद्यालय सुधार एवं स्तरोन्नतिका लागि रु एक लाख, रामजानकी गार्गी कन्या गुरुकुलम सुधार एवं स्तरोन्नतिका लागि रु दुई लाख र आमा कल्याण समाज कृष्ण मन्दिर सुधार एवं स्तरोन्नतिका लागि रु एक लाख बजेट विनियोजन भएको छ ।
    नवलपुरतर्फ गण्डकी प्रदेश सरकारबाट प्राप्त रु १० लाखले मौलाकालिका केलादी सिँढीमार्ग निर्माण, समितिको पूँजीगत योजनाबाट रु एक लाखको लागतमा मनकामना आमा समूहको मन्दिर स्तरोन्नति, रु चार लाखको लागतमा गङ्गाधाममार्ग निर्माण, रु तीन लाखको लागतमा जग्गा संरक्षण, रु दुई लाखको लागतमा फिरी, हर्दीमार्ग निर्माणका काम शुरु भएको छ । यी सबै योजना चालू आव असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष पौडेलले बताउनुभयो । “असार मसान्तभित्र सम्पन्न गर्ने सङ्कल्पसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ”, पौडेलले भन्नुभयो, “साना केही योजनाबाहेक अरु सबै योजना बोलपत्र प्रक्रियाबाटै ठेक्का लागेको हो ।” रासस

    Advertisement

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.