• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिका नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती, खगेरी क्षेत्रमा सरसफाइ


  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
  • चितवन/कालिका नगरपालिकाको फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । फोहोर संकलन एवं बिसर्जनको उपयुक्त विकल्प नहुँदा खोला र जंगल क्षेत्रमा यत्रतत्र फाल्ने गरेको पाइएको छ । सडक, खोला र जंगल क्षेत्रमा अत्यधिक फोहोर भएपछि विश्व नदी दिवसको अवसरमा भोजाड र पदमपुर जोड्ने चितवनको कालिका नगरपालिका ५ स्थित खगेरी खोला किनारमा सरसफाइ गरिएको छ ।
    डिभिजन वन कार्यालय चितवनको आयोजना, सहमति संस्था गैँडाकोट, डब्लु डब्लु एफ, चर्तुमुखी सामुदायिक वन उपभोक्ता समूह कालिका नगरपालिका १ र भिमवली सामुदायिक वन उपभोक्ता समूह कालिका नगरपालिका ५ को सहयोगमा खगेरी खोला लंकालाइन क्षेत्रको दुवै किनारमा रहेका प्लाष्टिक एवं सिसाजन्य फोहोर व्यवस्थापन सम्बन्धि सचेतना एवं सरसफाइ गरिएको हो ।
    डिभिजन वन कार्यालय चितवनका प्रमुख, डिभिजनल वन अधिकृत लोकराज नेपालले स्थानीय तहबाट फोहोर व्यवस्थापन गर्न नसकेका कारण वातावरण प्रदुषण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “घर बनाउने तर शौचालय नबनाउने भने जस्तै भएको छ, शहरबाट फोहोर निस्कन्छ तर फोहोर फाल्ने ठाउँ जंगल होइन्, जंगल तथा नदीमा फोहोर फाल्नु एक किसिमको अपराध नै हो ।”

    Advertisement


    सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सहमतिले ५२ औँ पटकसम्म नारायणी नदी किनारमा सरसफाइ गरिसकेको उल्लेख गर्दै अबका संरक्षणमुखि कार्यक्रम खगेरी बेसिन क्षेत्रमा सञ्चालन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जलाधार क्षेत्र संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो, स्थानीय र सरोकारवाला सबै पक्षसँगको सहकार्यमा वातावरण, जंगल र नदीको क्षेत्रमा सकरात्मक नतिजा दिन चाहन्छौँ ।”
    चर्तुमुखी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिकुमार गुरुङले नगरपालिकाले फोहोर व्यवस्थापनको विकल्प नदिदा स्थानीयले नदी र जंगल क्षेत्रमा फोहोर फाल्ने गरेको चित्रण गर्नुभयो । वनको एक्लो प्रयासले फोहोर व्यवस्थापन चुनौति बनेको बताउँदै उहाँले सरसफाइका लागि यस क्षेत्र छनोट गरी सरसफाइ गरेकोमा आभार व्यक्त गर्नुभयो ।
    भिमवली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्र चौधरीले स्थानीयलाई जागरुक एवं फोहोर व्यवस्थापनका लागि पालिका स्तरबाट पहल नभएसम्म चुनौती थपिरहने बताउनुभयो । डिभिजन वन कार्यालय चितवनका वन अधिकृत बालकृष्ण खनालले सरसफाइलाई अभियानका रुपमा नै सञ्चालन गरिने बताउनुभयो ।
    सहमति संस्थाले जलाधार क्षेत्रको सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक बोर्ड राख्ने, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षणमा सहजिकरण गर्दै आएको छ ।
    नदी मानव सभ्यातासँग जोडिएको छ । कतिपय मानव समुदायको जीविका नदीसँग जोडिएको छ । जलचर तथा जीवजन्तुसमेत नदीमा आश्रीत छन् । नदी प्रदुषण हुँदा हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ ।

    आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.