• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • गैँडाकोट/तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । यसपटक भने गैँडाकोटमा जल, जमिन र जंगलको महत्त्व दर्शाउन १३ वटा समूहले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका १३ संरक्षणमुखी वन र खानेपानी संस्था÷समूहबीच घम्सा–घम्सी भएको थियो ।
    केहीले ‘जताततै प्लटिङ बसेको छ बाँझो खेत, भोकमरीको चपेटामा पर्ने हो की देश’ भन्दै चिन्ता व्यक्त गरेका थिए । केहीले ‘हिरा, मोती, सुन फल्छ हाम्रो देशको माटोमा, अवरोध नपु¥याऔ है हिड्ने बाटोमा’ भन्दै सजग गराएका थिए । केहीले भने ‘जल, जंगल जमिनसँगै जोडिएको जीवन, सफा बनाऔँ, वातावरण स्वस्थ नै हो धन’ भन्दै सन्देश समेत दिएका थिए ।

    Advertisement


    प्रकृति संरक्षण तथा जैविक विविधताका लागि फेमिली क्याफे गैँडाकोट ४ मा भएको ‘जल, जमिन, जंगलको संरक्षण ः सफा र सुन्दर पर्यावरण’ विषयक तीज गीत प्रतियोगितामा जयश्री सामुदायिक वन प्रथम हुन सफल भएको छ । गैँडाकोट पम्पीङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वितीय भएको छ । नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था तृतीय हुन सफल भएको छ । सान्त्वना पुरस्कार नारायणी सामुदायिक वनले प्राप्त गर्न सफल भएको छ । प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक एवं सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले जानकारी दिनुभयो ।


    समुदायलाई नै सक्रियता गराउन सहमति संस्थाको आयोजनामा हुन लागेको तीज गीत प्रतियोगितामा विजय एफएम १०१.६, गैँडाकोटका सामुदायिक वन र खानेपानी संस्था गरी एक दर्जन बढी संस्थाले सहकार्य गरेका थिए ।
    कार्यक्रममा बोल्दै गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले पर्यावरण संरक्षणमा गरिएको सन्देशमूलक तीज गीत कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइ सम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।


    कार्यक्रममा गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, पूर्व नगर प्रमुख छत्रराज पौडेल समेत पुग्नुभएको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव, गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुषाल, जयश्री बनका अध्यक्ष टोलनाथ घिमिरेले वन र खानेपानी संरक्षणबारे भनाइ राख्नुभएको थियो । कार्यक्रममा सहमतिका पूर्व अध्यक्ष एवं गैसस महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद शर्मा, पूर्व अध्यक्ष करुणासागर सुवेदी, नगर प्राज्ञ प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेल लगायतको उपस्थिति रहेको थियो ।


    सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गर्दै गैँडाकोटमा अनुभवी व्यक्ति एवं संरक्षणमा नै खटिएका संरक्षणकर्मीहरुकै आवाजमा संरक्षणमुखी एवं वेदनाका तीजी गीत सुन्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो ।
    कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायीका बसन्ती थापाको बेजोड प्रस्तुती रहेको थियो । तीजगीत प्रतियोगितामा सहमतिका कार्यकारी निर्देशक हरिप्रसाद सापकोटा र विजय एफएमकी प्रस्तोता पवित्रा पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.