भरतपुर/स्याउली बजार टोल सुधार समिति स्याउली बजार र स्याउली बजार आमा समूहको आयोजनामा हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
स्याउली बजार आमा समूहका संयोजक शारदा शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आशा अस्पतालका प्रबन्ध निर्देशक एवम् बरिष्ठ डाक्टर शारदा कुँबर कुँबर प्रमुख अतिथि रहनुभएको थियो ।
स्याउली बजार आमा समूहकी सह–सचिव भवानी अधिकारीले स्वागत मन्तव्यसँगै कार्यक्रमको जानकारी गराउनु भएको शुभकामना आदान–प्रदान तथा स्वास्थ्य सचेतना कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष मधुसुधन ढकाल, पूर्व अध्यक्षहरु तुलसा ज्ञवाली, निवर्तमान अध्यक्ष भगवती पौडेल, अधिवक्ता इन्दु अधिकारी कोइराला, टोल सुधार समितिका पूर्व अध्यक्ष भुवन आचार्य, सचिव रामबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई स्याउली बजार टोल सुधार समितिकी उपाध्यक्ष सीता अधिकारीले सञ्चालन गर्नुभएको थियो ।





