राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीवाट क्यान्सर कार्यकारी निर्देशक डा शिवजी पाैडेललाई सार्वजनिक चासाेकाे रुपमा रहेकाे देशकै मुटुकाे रुपमा रहेकाे विपि मेमारियल क्यान्सर अस्पताल धरासायी वनाउने उद्देश्यले उस्तै प्रकृतिकाे निजि अस्पताल सिएमसि क्यान्सर ईन्स्टिच्युट उद्घाटन गरेकाेमा चेतावनी सहितकाे पत्र वुझाएकाे छ, संघका अध्यक्ष झलकराज भट्ट, केन्द्रीय सदस्य शंकर अधिकारी नेतृत्वमा गएकाे टाेलिले कार्यकारी निर्देशक अदृष्य रुपमा सिएमसि क्यान्सर ईन्स्टिच्युटमा लगानिकर्ता रहेकाे, लाखाैकाे चलखेलमा कार्यकारि वनेकाे, मेशिन खरिदमा अनियमितता गरेकाे लगायतका आराेप लगाउदै १ हप्ताभित्र राजिनामा गर्न अन्यथा तालावन्दि सहितकाे आन्दाेलन गर्ने चेतावनी दिएकाे छ। यसभन्दा अघि मनाेमानी तवरले कार्यकर्ता भर्ति गरेर भर्तिकेन्द्र वनाएकाे लगायत तमाम वेथिति रहेकाले अवउप्रान्त यस्ता गतिविधि नगर्न चेतावनी दिएकाे छ। कार्यकारी निर्देशक डा पाैडेलले निजि ईन्स्टिच्युट उद्घाटन गरेकाेमा क्षमायाचना गरेका छन।
https://www.youtube.com/watch?v=uFUqYQ3Qnmg





