भरतपुर/तीज बिशेष उद्यमशिल एक्स्पो २०८० सम्बन्धि जानकारी दिने उद्देश्यले आयोजित चितवन उद्योग संघ महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” को तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईयो ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । प्रेस विज्ञप्तिमा आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चितवन मै पहिलो पटक मिति २०८० भदौ २२ गतेदेखि २४ सम्म “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” हुन गईरहेको जानकारी गराईएको थियो ।

विज्ञप्तिमा महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्न, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने, ब्राण्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने, उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गरी महिलाका लागि लगानीको अवसर खोज्ने, लक्षित प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत उद्यमशिलताको लागि उद्यमीको सञ्जाल निर्माणमा सहयोग पु¥याउने, उद्यमशीलता सम्बन्धि अनुभवहरु साट्दै संस्कृतिको जर्गेनामा समेत सहयोगी हुने गरी साँस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने गरी तय गरिएको जानकारी दिनुभयो ।
“तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” को पहिलो दिन एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिनेछ, दोश्रो दिन उद्यमशीलता सम्बन्धित सेमिनार तथा अन्तरक्रिया आयोजना गरिनेछ भने, एक्स्पोको अन्तिम दिन भाद्र २४ गते “उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती” शीर्षकमा उद्यमी महिलाहरुको समूहगत तीज गीत प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
Advertisement




