मेची माहाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्य्क्ष को जिम्मेबारी चन्द्र काफ्ले ले सम्हाल्नी भएकी छन्। संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा बाट चन्द्र काफ्ले केन्द्रिय अध्य्क्षमा निर्बिरोध चयन भएकी हुन । यस संस्थाकी प्रमुख यमु शर्मा सुब्बाले पनि आफ्नो फेसबुक स्टाटस मार्फत उक्त कुरा जानकारी गराएकी छन्।
अबसर बाट बन्चित ग्रामिण महिला हरुलाई उनिहरुको क्षमता अभिब्रिद्दी गराई उनीहरुको प्रतिनिधित्व उनीहरुकै बीच बाट होस् भन्ने चाहना का साथ गठित यस संस्थामा आवद्द महिला हरु स्थानीय सरकार प्रतिनिधि देखि प्रतिनिधि सभा सदस्य समेत रहेका छन्। यस संस्थाकी सिन्धुली जिल्ला संयोजक सुशिला थिङ्ग र बर्दिया जिल्ला संयोजक जुबेदा खातुन प्रतिनिधि सभा सदस्य रहेका छन्।
संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा आज झापाको दमकमा होटल भ्यू रिसोर्टमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा आजीवन सदस्य लगायत संस्थालाइ माया गर्ने सम्पूर्णको उपस्थितिमा सम्पन्न भएको छ ।




