• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक तरिकाबाट महानगरको बजार अनुगमन


  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाइ तीन फरक तरिकाबाट प्रस्तुत गरेको छ । मगलबार  महानगरपालिकाले निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक गरि तीन फरक तरिका अपनाएर बजार अनुगमन गरेको छ । बजार अनुगमन निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक गरि तिन तरिकाबाट भइरहेको छ उप प्रमुख चित्रसेन अधिकारीले भन्नुभयो, जस अनुसार व्यवसायीलाई जानकारी र सचेत गराउने, सचेत गराउँदा पनि लापरबाही गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने सम्मका योजना रहेका छन ।

    Advertisement

    महानगर उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहनु भएका अधिकारीले  निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक गरि तीन तरिका अपनाएर बजार अनुगमन भइरहेको उल्लेख्य गर्नु भयो । बजार अनुगमनलाई त्रिकोणात्मक ढगबाट गर्दा सबै पक्षलाई सन्तुलन मिलाएर लैजान सकिने हुँदा निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक सिद्धान्त अपनाइएको उल्लेख्य गर्नुभयो । बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै भरतपुर  महानगरले बजार अनुगमनलाइ नियमित नै गरिरहेको छ ।  उपप्रमुख अधिकारीले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बजार अनुगमन गरिरहेको बताउनु भयो। अनुगमनका क्रममा माछा मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिरहेको उहाँको तर्क छ। उपप्रमुख अधिकारीले भन्नुभयो, ‘बजार अनुगमन सबै संस्थाले छुट्टाछुट्टै गर्दा नतिजा पनि नआउने र व्यवसायीहरुमा पनि झन्झट हुने हुँदा महानगर सग समन्वय गरि एउटा टिम बनाएर अनुगमन गर्ने निर्णय गरे अनुसार निरन्तर बजार अनुगमन भइरहेको प्रष्ट पार्नु भयो। ‘ मगलबार नारायणगढ क्षेत्रमा रहेका प्रसोधित पिउने पानीका विभिन्न उद्योगहरुमा महानगरपालिकाले अनुगमन गरेको छ ।

    भरतपुर ७ कृष्णपुरमा रहेको आइसल्याण्ड ड्रप र हाइल्याण्ड ड्र्पमा महानगरपालिकाले स्थलगत अनुगमन गरि सरसफाइमा ध्यान दिन बिशेष आग्रह गरेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । त्यस्तै महानगरले भरतपुर ३ मा रहेको लिप्टन सफ्ट एण्ड रोयल फिसर र भरतपुर १ मा रहेको प्रधान प्रोभिजनल एण्ड वेभरेज उद्योगमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै पानी उद्योगहरुबाट उत्पादन भएका पानी खानका लागि उपयुक्त रहेको पाइयो,खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनका खाद्य निरीक्षक बन्दना पन्तले भन्नुभयो, हामीले ती सबै उद्योगहरुलाइ धन्यवाद समेत दिएका छौ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को नगरपालिकाको अधिकारको बुँदा नम्बर ञ ले स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था गरेको छ । उक्त ब्यबस्थामा वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु तथा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाइ दिइएको छ । महानगरको नियमित अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोकिएका छन भने स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुँदै आएको पनि महानगरको अपेक्षा छ । मगलबारको अनुगमनमा समितिका सदस्यहरु मनोज रानाभाट, बिष्णु बहादुर भुजेल, गोपाल दराइ,खाद्य निरीक्षक,जनप्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियोे । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.