• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

‘तीज विशेष उद्यमशील एक्स्पो–२०८०’ हुने


  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
  • नेपालमा उद्यमशिलताको विकासक्रम तीब्र गतिमा बढ्दै गईरहेको भएता पनि उद्यमशिलतामा महिलाहरुको प्रत्यक्ष सहभागिता भने निकै नै कम देखिन्छ । महिला उद्यमीहरुलाई उद्यमीको परिचय बोकेर काम गर्नु कठीन र चुनौतिपूर्ण छ । उद्यमशिलतामा रहेका अनेकौ चुनौतिका बाबजुद पनि उद्यमीका रुपमा अगाडी बढीरहेका महिलाहरुको आँटमा हौसला थप्नु राज्य, नीजि क्षेत्र र त्यससँग सम्बद्ध निकायहरुको दायित्व हुन आउँछ ।

    Advertisement

    यसै सन्दर्भमा, आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि बप्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चितवन मै पहिलो पटक मिति २०८० भदौ २२ गतेदेखि २४ सम्म “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” हुन गईरहेको छ ।

    महिला उद्यमीका उत्पादनलाई प्रबद्र्धन गर्न र बजारमा पहुँच पु¥याउन तथा पर्वलाई समेत उद्यमशिलतामा जोड्न सकिन्छ भन्ने सन्देश दिनका लागि महिला दिदीबहिनीहरुको महान पर्व तीजको अवसर पारेर विभिन्न क्षेत्रमा रहेर उद्यमशिलतामा काम गरी रहनुभएका महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने, तीज पर्वको गरिमा झल्कने गरी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने र विभिन्न क्षेत्रमा सफल उद्यमीकोे रुपमा आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरुको उपस्थितिमा सेमिनार तथा अन्तरक्रिया आयोजना गरी महिला उद्यमीहरुलाई थप प्रेरणा दिन र उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट मार्फत दिगो उद्यमशिलतालाई टेवा पु¥याउन सहयोगी हुने गरी एक्स्पोको आयोजना गर्न लागिएको हो ।

    महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने, ब्राण्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने, उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गरी महिलाका लागि लगानीको अवसर खोज्ने, लक्षित प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत उद्यमशिलताको लागि उद्यमीको सञ्जाल निर्माणमा सहयोग पु¥याउने, उद्यमशीलता सम्बन्धि अनुभवहरु साट्दै संस्कृतिको जर्गेनामा समेत सहयोगी हुने गरी साँस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने गरी तय गरिएको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” को पहिलो दिन एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिनेछ, दोश्रो दिन उद्यमशीलता सम्बन्धित सेमिनार तथा अन्तरक्रिया आयोजना गरिनेछ भने, एक्स्पोको अन्तिम दिन भाद्र २४ गते “उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती” शीर्षकमा उद्यमी महिलाहरुको समूहगत तीज गीत प्रतियोगिता समेत आयोजना गरिनेछ ।

    एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स लगायतका स्टलहरु रहने छन् ।

    एक्स्पोमा प्रदर्शकको रुपमा सहभागी हुन चाहने व्यक्ति वा संघ–संस्थाले ९ वर्गफिटको प्रति स्टल रु २०,०००।– तिरी आफ्नो उत्पादन तथा सेवाको स्टल राख्न सक्नेछन् । चितवनका स्थानीय पालिकाहरु, घरेलु तथा साना उद्योग कार्यालय चितवन, बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको समेत प्रबद्र्धन सहयोग रहने उक्त एक्स्पोमा प्रायोजक, सह–प्रायोजकको रुपमा इच्छुक विभिन्न उद्योग प्रतिष्ठानले समेत सहयोग गर्न सक्नेछन् ।

    निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोबाट वचत हुन आउने रकमलाई महिला उद्यमी मञ्चले चितवन उद्योग संघ औद्योगिक पाठशाला विभागसँगको सहकार्यमा महिला उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम सञ्चालन गर्नेछ ।

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.