चितवन/अध्ययनका लागि जापान जान चाहने बिद्यार्थीहरुलाइ परामर्श सेवा दिदै आइरहेको निप्पोन एजुकेसनल सेन्टरले आफ्नो १४औं बार्षिकोत्सब मनाएको छ । नारायणगढको सहिदचोकमा रहेको निप्पोनले आफ्नै कार्यालयमा विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकहरु सङ्गै केक काटी बार्षिकोत्सब मनाएको हो। बार्षिकोत्सबकै अवसरमा निप्पोनले देवघाट स्थित राम जानकी बालिका आश्रममा रहेका अभिभावक बिहिन बालिकाहरुलाइ बोलाइ सहयोग समेत गरेको थियो । निप्पोन एजुकेसनल सेन्टर जापानको इतिहाससंग जोडिएको निप्पोन अर्थात् सुर्योदयको देश भन्ने अर्थ दिने जापानिज नामबाट नै इ.स. २०१० अर्थात् बि.स. २०६७ साल भाद्र ११ गते स्थापना भएको सस्था हो |
उनी भन्छन् बिधार्थिहरुको व्यक्तिगत क्षमतालाइ ध्यानमा राखी उनिहरुको स्तर अनुसार जापानको विभिन्न शहरहरु जस्तै टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोशिमा, नागासाकी, योकोहामा, चिबा, ओकिनावा जस्ता सहरहरुमा अध्ययनको लागि छनोट हुने अवसर दिने गर्दछ | कुनै पनि नेपाली बिधार्थिले उच्च शिक्षाको लागि विदेश जादा उक्त देशको भाषा संग संगै त्यहाको नीति नियम भेष भूषा र रिति रिवाज बारे पूर्ण जानकार रहनु अति आबस्यक हुन्छ | बिदेसी भूमिमा जतिसक्दो छिटो घुलमिल हुन सक्यो विद्यार्थी स्वयमलाइ विभिन्न समस्या बाट पार पाउन सजिलो हुन्छ त्यसैले बिदेशि भूमिमा नेपाली बिधार्थिहरुलाई आइपर्न सक्ने सम्भावित समस्याहरु लाइ पुर्बानुमान गरि भाषिक, सास्कृतिक र ब्यहबारिक ज्ञान सिकाउनु नै निप्पोन एजुकेसनल सेन्टरको मुख्य बिशेषता भएको समेत उनको भनाइ छ।




