• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति विश्व हिन्दु महासंघ चितवनको गम्भीर ध्यानाकर्षण


  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
  • चितवन/धरानमा तारिखमा रिहा भएका अपराधी सहितका समूहले सार्वजनिक रुपमा गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति विश्व हिन्दु महासंघ चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा धार्मिक द्वन्द्व निम्ताएको आपराधिक समूहले घटाएको सो घटना जघन्य आपराधिक गतिविधिको भएको भन्दै महासंघले भर्त्सना समेत गरेको छ ।
    सो घटनाको विरोधमा महासंघचितवनका अध्यक्ष प्रेम प्रसाद गैरे, केन्द्रिय सदस्य टंकनाथ पौडेल, केन्द्रिय सदस्य तथा विश्व हिन्दु युवा संघका अध्यक्ष घनश्याम पौडेल, गण्डकी नारायणी महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजसहितको पदाधिकारीले मंगलबार जिल्ला प्रशासन कार्यालय चितवन पुगेर ज्ञापनपत्र बुझाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र रानालाई सो ज्ञापनपत्र बुझाएका हुन् । गाई ९गौ वंश० राष्ट्रिय जनावर मात्र नभई बहुसङ्ख्यक सनातनी हिन्दुहरूको आस्था एवं अन्तर आत्मासँग जोडिएको तथ्य उल्लेख गर्दै हिन्दुहरू गौ वंशलाई भगवानको रुपमा पूजने गरेको छ ।
    नेपालमा क़ानूनले गौ हत्यालाई पूर्णतः वर्जित गरेको भएपनि आज गौ हत्याको घटना बढ्नु चिन्ताको विषय भन्दै घटनामा संलग्न अपराधीहरूलाई तत्काल गिरफ्तार गरी कडा भन्दा कडा कानुनी कारबाहीको माग सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
    ज्ञापनपत्रमा लेखिएको छ ।

    Advertisement

    नेपाल अनादिकालदेखि नै वैदिक सनातन हिन्दू राष्ट्र हो । यहाँको समाज र शासन व्यवस्था परापूर्वकाल देखि पूर्वीय दर्शन र संस्कृतिमा आधारित छ । सदिऔं देखि यहाँका जातजातीहरु भातृत्वको सम्बन्ध कायम गरी सहिष्णुता व्यवहार गरी बसेको यहाँलाई अवगतै छ । विगत केही वर्षदेखि हाम्रो सनातन संस्कृति पूर्वीय दर्शन, संस्कार र वैदिक सनातन धर्म माथि विभिन्न बहानामा निरन्तर सड्यन्त्रपूर्वक तरिकाले आक्रमण भईरहेको परिपेक्ष्यमा जातीय, धार्मिक, साम्प्रदायीक सद्भाव भड्कने किसिमले सुनसरीको धरान लगायत देश भरका विभिन्न ठाउँमा सनातनीहरुले माताको रुपमा र आरध्यदेवीका रुपमा स्वीकारिएका गौवंशीय गौ माताहरु र भगवान शिवका वहानका रुपमा पूजीयका गौपुत्र नन्दी ९ गोरु ० हत्या गरी खाने सनातनीहरुलाई मान मर्दन हुने गरी सामाजिक संजालमा भिडियोहरु प्रसारण गर्ने जस्ता अवाञ्छित अमर्यादित गतिविधि गरी समाजमा द्वन्द मच्चाउने सामाजिक सहिष्णुता खल्बलाउने जस्ता कामहरु भैरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । एकातिर राष्ट्रको गहनाका रुपमा रहेको राष्ट्रिय जनावरको हत्या गर्नु संविधान विरोधी हो भने सनातन देखि चल्दै आएको परम्परा माथिको दमन हो । ८१५ भन्दा बढी जनसंख्या रहेको वैदिक सनातन हिन्दु धर्मालम्बीहरुको आस्था, विश्वास माथि निरन्तर प्रहार भईरहँदा अभिभावकको रुपमा रहेको सरकार मौन रहनु हाम्रा लागि दुःखद् कुरा हो । संविधान विरोधी गतिविधि हुँदा सरकार मुखदर्शक बन्नुलाई हामीले अवाञ्चित गतिविधिको मतिहार भएको महसुस भएको छ । विश्व हिन्दु महासंघ सम्माननीयप्रधानमन्त्रीज्यू मार्फत नेपाल सरकारसँग तत्काल वैदिक सनातन हिन्दु धर्म, संस्कार र संस्कृति माथिको आक्रमण तत्काल रोकी संविधानतः दोषिलाई कारवाहीको माग गर्दछौं ।

    ठाउँ ठाउँमा भएको गौ गौ वंशको भक्षण गरी भोज भतेर गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कायरहरुलाई तत्काल कारवाही गरियोस् । राज्यले यि र यस्ता गतिविधि गर्ने नाइकेहरुलाई समयमै कारवाही नगरे रप्रलोभनमा पारी भईरहेको धर्मान्तरणको गतिविधि नरोके विश्व हिन्दू महासंघ वैदिक सनातन धर्ममा आस्था राख्ने नेपाली जनताहरुको साथ लिई सशक्त आन्दोलनमा होमिन बाध्य हुनेछ । हाम्रो धर्म, संस्कृति, परम्परा, रक्षार्थ गरिने क्रान्तिबाट उब्जने परिस्थितीको जिम्मेवारी राज्य पक्षले लिनुपर्नेछ ।
    नेपालको संविधान २०७२ को परिच्छेद २७ को ८५ बुँदामा स्पष्ट लेखिएको छ । कसैले गाई, गोरु मार्ने वा कुनै चोट पुयाउने नियतले कुनै काम गर्नु, गराउनु अपराध हो । सोही दफाको उपदफा २ र १ बमोजिमका कामहरुबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षको कैद सजाय हुनेछ भनी स्पष्ट लेखिएको छ । त्यसैले गौमाता र गौ वंशको हत्या गर्नु, चोट पुऱ्याउनु संविधानतः अपराध हो । राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपनहो भन्ने हाम्रो बुझाई छ ।

    अतः हाम्रा मागहरुलाई राज्यले तत्काल पुरा गरोस् भन्ने मागका साथ धार्मिक सहिष्णुता, जातीय सद्भाव कायम राख्नु राज्यको दायित्व हो । तसर्थ, धरानमा गौ हत्या गरी भोजभतेर गरी गौ मंस खाने घटनाका नाइकेहरुलाई अभिलम्ब कानुनी कटघरामा ल्याई कानुन बमोजिम कारवाही गर्न विश्व हिन्दू महासंघ लगायत हामी धार्मिक संस्थाहरु जोडदार माग गर्दछौं । परिस्थितीलाई नजर अन्दाज गरी विलम्ब गरे आन्दोलनको आधिबेहेरी ल्याउने चेतावनी दिदै परिस्थितीजन्य दुर्घटनाको जिम्मेवारी राज्य पक्ष हुने जानकारी गराउँदै वैद सनातन हिन्दू धर्म र संस्कृति माथिको आक्रमण तत्काल रोक्न माग गर्दछौं ।

     

    मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.